मिटरब्याजका ‘गडफादर’ पूर्व डिआइजी, एमाले सांसद नवराज सिलवाल विरुद्ध उजुरी

दियो पोस्ट  

काठमाडौं । मिटरब्याजका गड फादर भनेर चिनिने पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवाल विरुद्ध उजुरी दर्ता भएको छ । सिलवालबाट पीडित भएका गुन बहादुर थापाका छोरा सरोज थापाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका हुन् ।
नेपाल प्रहरीमा कार्यरत रहँदा कमाएको अकुत रकम मिटरब्याजमा लगानी गरेका सिलवालले गुनबहादुरबाट तेब्बर रकम असुली गरेपनि पनि विभिन्न मुद्दा मामिला लगाएर फसाएका थिए । सिलवालले गुनबहादुरबाट तेब्बर रकम असुली गरेपनि करोडौंको जग्गा समेत गरेर लिएका थिए । सिलवालले गुन बहादुरलाई बैंकिङ्ग कसुर र लागु औषध मुद्दामा फसाउने षडयन्त्र समेत गरेका थिए । नेपाल प्रहरीको आइजी बन्ने दाउमा रहेका सिलवाललाई यो मुद्दा समेत गलपासो बनेको थियो । तत्कालिन सरकारले कार्यक्षमतामा कुसल र इमान्दार तत्कालिन डिआइजी जय बहादुर चन्दलाई प्रहरी महानिरिक्षक नियुक्त गरेको थियो । तर, अदालतको सेटिङ्गमा माहिर सिलवालले तत्कालिन प्रधानन्यायाधीश लगायतलाई प्रभावमा पारि नक्कली कासमु तयार पारेर मुद्दा हालेका थिए । नक्कली कासमु तयार पारेको मुद्दामा उनलाई पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि उनी प्रहरी सेवाबाट राजिनामा दिएर एमाले प्रवेश गरेका थिए । तत्कालिन बाम गठबन्धनको बलमा सिलवाल सांसद समेत बन्न सफल भएका थिए । यसअघिको केपी ओली नेतृत्वको सरकारले उनी विरुद्धको सरकारी कागजात किर्ते मुद्दा फिर्ता लिएको थियो ।
हाल तराईका जिल्लामा मिटरब्याजीको यातना बढेपछि गृहमन्त्रालयले डा. भिष्म भुषालको नेतृत्वामा छानबीन समिति बनाएको थियो । सोही समितिको आह्वानमा सिलवाल विरुद्ध थापाले उजुरी दिएका हुन् । शक्तिशालीहरुको छत्रछायाँमा भएका कारण पटक पटक उन्मुक्ति पाउँदै आएका सिलवाल विरुद्ध यस पटक कस्तो कारबाही हुन्छ त्यो हेर्न बाँकी छ ।