छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१४ खुटियाघाटबाट अवैध लागूऔषध चरेश ४ किलो ३० ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा प्युठान लुङ गाउँपालिका–७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम (पश्चिम)बासिकोट गाउँपालिका–७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका–४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु डोटी जोरायल गाउँपालिका–२ बस्ने २८ वर्षीय मिन बहादुर माली रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित बुधबार साँझ पक्राउ गरेको हो ।

साथै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय अरूण चौधरीसहित ४ जना रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित बुधबार दिउँसो पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान साइकल प्रहरीले बरामद गरेको छ ।

यसैगरी तनहुँको ब्यास नगरपालिका–४ भोर्लेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ९ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्र बहादुर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित बुुधबार सााझ पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।