बाह्रबिसे पहिरोका कारण अरनिको राजमार्गसहित भोटेकोसी र सीमा नाका आवतजावतमा अबरुद्ध

दियो पोस्ट  

निरोज चौलागाईं

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ५ सिरिसेमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ।

नगरपालिकाको सिरिसे स्थित सल्लाघारिमा पहिरो खस्दा सवारीसाधन पुर्णरुपमा बन्द भएका छन । विहिबार बेलुका करिब ७ ः ३० बजे निरन्तर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। बाह्रबिसे हुँदैन भोटेकोसी गाउपालिका र सीमा नाका तातोपानी आवतजावत गर्न कठिन भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

 

बर्षा यामसगै बेलुका खसेको सुख्खा पहिरोले स्थानीयलाई आवातजावतमा समस्या परेको छ इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले भने, बाह्रबिसे र राजधानी देखि आएका सवारीसाधन सीमा नाका तर्फ जान समस्या भइरहेको न्यौपानेले बताए । सिरिसेमा पहिरोले बाटो बन्द भएपछि अत्यावश्यकको लागि हामीले बाह्रबिसे नगरपालिकाको जम्बु हुदैन मानेस्वाराको खरिबोटे, एक्ले बेसि हुँदै राम्चे निस्किन सकिने बाटो प्रयोग गर्न आग्रह गरेका छौ।, अहिले पहिरो पन्छाउन सकिने अबस्था छैन पानी पर्‍यो भने झन समस्या हुने न्यौपानेले बताए ।

नाकाबाट सामान बोकेको कन्टेनर आउन सकेको छैन उतै रोकिएको छ भने, बाह्रबिसे बजार र राजधानीबाट भोटेकोसी र सीमा नाका गएका सवारीसाधन रोकिएका छन। बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले भने नगरपालिकाले बाटो खुलाउन लागि पर्ने छ रातीको समय भएका कारण काम गर्न सहज नहुने उनले बताए । माथिबाट पहिरो आउन सक्ने खतरालाई ध्यान दिएर बाटो खोल्न लागि पर्ने उनले बताए ।

सिरिसेमा खसेको सुख्खा पहिरो भोटेकोसी नदि किनार छेउसम्म पुगेको छ। पहिरो रोकियो भने आत्तिन नपर्ने इलाका प्रहरी कार्यालय बाह्रबिसेको भनाइ छ।

‘पहिरो निरन्तर खस्न थाल्यो भने हामी तटीय क्षेत्रका स्थानीयलाई खबर गर्छौ’ कार्यालयले भन्यो। पहिरोबाट भौतिक तथा मानवीय क्षेती भने भएको छैन।