नेपाल आजका सञ्चालक गुरागाईं साइबर अपराधमा दोषी ठहर : महिलामाथि यस्तो हर्कत !

दियो पोस्ट  

 

काठमाडौं । साईबर अपराधको मुद्दामा नेपाल आज डटकमका सञ्चालक माधवप्रसाद गुरागाईं दोषी ठहर भएका छन् । एक सहकर्मी महिलालाई समाजिक सञ्जाल मार्फत साइबर अपराध जन्य गतिविधि गरेको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको हो ।
२०७८ चैतमा गुरागाईं विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसमा जिल्ला अदालत, काठमाडौंले गुरागाईंलाई दोषी ठहर गरेको हो । प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएपनि उनी पक्राउ पर्नबाट जोगिँदै एकाएक अदालतमा हाजिर भएका थिए ।

विद्युतीय कारोबार सम्बन्धी कसूर अनुसार गुरागाईंलाई जिल्ला अदालतले २० हजार बिगो र सोही मात्रामा जरिवाना हुने फैसला गत माघ २९ गते सुनाएको थियो । त्यस्तै ८ हजार रुपैयाँ उनले पीडित संरक्षण कोषलाई आफै उपस्थित भएर बुझाउनुपर्ने समेत अदालतको फैसलामा उल्लेख छ ।

न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले गुरागाईंको मेसेजबाट पीडित महिलालाई मानसिक हैरानी तथा तनाव पु¥याएको फैसला गरेको हो । ऐनको दफा ४७ को उपदफा १ मा महिलालाई जिस्क्याउने, हैरान पार्ने, अपमान गर्ने वा अन्य अमर्यादित कार्य गर्न, गराउन निषेध छ ।

यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । गुरागाईंको हकमा भने आर्थिक–सामाजिक हैसियत सामान्य भएको भन्दै न्यूनतम सजाय तोकिएको छ ।

तर, पीडित पत्रकारले भने अदालतबाट दोषी ठहर भएपछि पनि गुरागाईंले आफूलाई अश्लील मेसेज पठाएर हैरानी दिइरहेको आरोप लगाएकी छन् । अदालतले न्यूनतम सजाय तोक्दा गुरागाईंको मनोबल बढेको भन्दै पीडितले पूर्ण पाठ आएसँगै उच्च अदालतमा पुनरावेदन दिने तयारी भइरहेको बताएकी छन् ।

फैसलामा उल्लेखित पीडितको जाहेरी दर्खास्त अनुसार उनले कार्यालय बाहिर आउने फोन गर्ने फोनमा ‘ओई खाते’ जस्ता शब्द समेत प्रयोग गरेका थिए । यता गुरागाइँले भने आफूहरुबीच विहे गर्ने सम्मको कुरा भएको दाबी गरेका छन् ।

TATA ADD