काठमाडौं । घरेलु कामदारमाथि जबरजस्ती करणी गर्ने मध्यपहाडी लोकमार्गका आयोजना प्रमुख हरि कुमार पोखरेल जेल चलान भएका छन् । पीडित किशोरीको जाहेरीको आधारमा केहीदिन अघि पक्राउ परेका उनलाई आज जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको आदेशले पोखरेल जेल चलान भएका हुन् ।
गत विगत एक वर्षदेखि उनको घरमा कामदारको रुपमा कार्यरत परिवर्तित नाम (२६) परिसर (४) माथि पोखरेलले पटक पटक बलात्कार प्रयास गरेका थिए । गत असार ८ गते भने पीडित युवतीले भिडियो रेकर्ड गर्न सफल भएकी थिइन् । शक्तिशाली व्यक्तिका आफन्त समेत रहेका पोखरेल विरुद्ध जाहेरी लिन प्रहरीले समेत आनाकानी गर्दै आएको थियो । तर, पीडितले सामाजिक सञ्जालमा आफूले न्याय नपाएको बताएपछि अस्पतालमा उपचारको नाटक गर्न पुगेका पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई विभिन्न प्रलोभन र धम्की दिने दुई जनालाई भने जिल्ला अदालत काठमाडौंले तीन तीन लाख धरौटी माग गरेको छ । यसरी धरौटी माग भएकाहरुमा रन्जित कुमार जैसवाल र रामजी भन्ने चेतन न्यौपाने रहेका छन् । त्यस्तै अधिवक्ता भोजराज रेग्मी र काभ्रे घर भएका गुण्डा नाइके एमान तामाङ फरार सुचीमा छन् ।