शुक्रबारदेखि तातोपानी नाकाबाट दुई तर्फी आवतजावत खुल्ने

दियो पोस्ट  

निरोज चौलागाइँ

नेपाल । चीन उत्तरी सिमानाका तातोपानीबाट दुईतर्फी आवतजावत खुल्ने भएको छ । लामो समय आवतजावत बन्द गरेको चिनले आइतबारबाट भने खुला गर्न लागेको हो । ०७२ को भुकम्पपछि ४८ महिना बन्द भएको तातोपानी नाका सेप्टेम्बर १ देखि खुल्ने भएको छ । भुकम्पपछि ४८ महिना बन्द रहेको तातोपानी नाका ७६ जेष्ठ १७ बाट एकतर्फी संचालन आएको हो । उत्तरी नाका मध्ये चासोको विषय बनेको तातोपानी नाका खुलाउन नेपाल सरकार र चिनियाँ अधिकारी बीच पटकपटक छलफल भएपछि सेप्टेम्बर १ देखि नाकामा दुइतर्फी आवतजावत हुन लागेको हो ।

नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठको छलफलबाट तातोपानी नाकालाई सेप्टेम्बर पहिलो हप्ता खुला गर्ने सहमति भएसँगै सेप्टेम्बर १ बाट खुला गर्न लागिएको हो । चिनियाँ पक्षसग भएको बैठकले तातोपानी नाका पूर्ण रूपमा खुला हुन लागेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने, ‘नेपाल तर्फबाट गरिने तयारी सबै गरेका छौँ । हामीलाई चिनियाँ अधिकारीहरुले दिएको जानकारी अनुसार पहिलो चरणमा पुल बजारसम्म मात्रै जान दिने र त्यसपछि क्रमश बैठक बसेर जान दिन सकिने जानकारी छ,’ उनले भने,‘शुक्रबार हामीलाई पुल बजारसम्म जान दिने जानकारी आएको छ । त्यो पनि सीमा नाका क्षेत्रका स्थानीयलाई । नेपाल तर्फको अध्यागमन कार्यालयले दिइने एक दिने पासलाई उनीहरुले कहाँसम्म जान दिन्छन् त्यो उहाँहरुको कुरा हो ।’
भुकम्पपछि चिनियाँ अधिकारीले पटकपटक विभिन्न बहाना गर्दै आएपनि २०८० बैशाख १८ बाट भने निर्यातको लागि खुलेको थियोे । ०८० बाट निर्यातका लागि पनि खुलेको थियो । नाका खोल्ने विषलाई लिएर चिनियाँ अधिकारीहरुले नेपाली पक्षलाई कमजोर रुपमा लिइँदै आएका थिए । नाका खोल्ने बारेमा नेपालको सरकारी निकायलाई नेपाली व्यावसायी संघ संगठनहरुले पटक पटक गुहार्दा समेत नाक पुर्णरुपले खुल्न सकेको थिएन । तर नेपाल तर्फ व्यावसायी संस्था शिल्क ट्रान्सपोर्टले जटिल अवस्थामा समेत नाकाबाट समान ढुवानी गर्दै नाकालाई चलायमान गर्दै आएको तातोपानी बासीको भनाइ छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसी भन्छन्,‘अहिले दुई तर्फी नाका खुल्न लागेको छ, शुक्रवार नेपालबाट केही स्थानीयहरु पारीसम्म जान पाउने व्यवस्थापन भएको छ । त्यसपछि दिने पासले खासा जान नदिन सक्छ त्यो उहाँहरुको कुरा हो । नेपालीलाई सकेसम्म खासा जान दिएको राम्रो हो । शुक्रबार नाका खुल्ला गरेपछि फेरी बैठक बसिने र सीमा नाकालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे छलफल पनि हुनसक्छ ।’
भुकम्प गएको साढे आठ बर्षमा दुई तर्फ आवतजावत हुन लागेको तातोपानी भंसार कार्यालयले जनाएको छ ।
सेप्टेम्बर १ बाट नाका दुई तर्फी खुला गरिने भएपनि नेपाल पक्षसग भने सडक पुर्वाधार भने निकै कमजोर रहेको छ ।

शुक्रबारबाट खुला गरिने तातोपानी नाकाबाट सीमा क्षेत्रका स्थानीयलाई प्रवेशका लागि दिइने २४ घण्टे पासको प्रमाणपत्र उपलब्ध गराउने कोदारी स्थित अध्यगमन कार्यालयले बताएको छ । तातोपानी नाकामा ढुवानी गर्दै आएको शिल्क ट्रान्सपोर्ट भन्छ, ‘चिनियाँ पक्षले अहिले नेपालबाट नाका प्रवेश गर्ने ४० फुटे कन्टेनरलाई प्राथमिकतामा राखेको छ । नेपालबाट ४० फुटे कन्टेनर प्रवेश गर्छन्, उताबाट ४० फुटे कन्टेनरमा समान लोड गरेर पठाउने तयारी भएको चिनियाँपक्षले जानकारी दिएको सिल्क ट्रान्सपोर्टले जनाएको छ ।’