काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना चिनियाँ नागरिक चार किलो सुनसहित पक्राउ परेका छन् । सामान चेकजाँचको क्रममा चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका हुन् ।
ड्रयागन एयरको विमानमार्फत आएका चिनियाँ नागरिक ली निङ्ग्सीलाई आइतबार मध्यरातमा चार किलो सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।