सुर्खेतमा बस दुर्घटना:तीनको मृत्यु, २७ घाइते

दियो पोस्ट  

सुर्खेत । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगंगा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकमध्ये दुई महिला र एक पुरुष छन्।

त्यस्तै २७ यात्रु घाइते छन्। घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए। दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनसक्ने प्रहरीको अनुमान छ।

सिफारिस