काठमाडौं, ५ भदौ । गैर आवाशिय नेपाली संघ एनआरएनका अध्यक्ष हरि भटट्राईले झूटो मुद्दामा फसाएपछि मलेशियन प्रहरीद्वारा पक्राउ परेका सुनिल चालिसे रिहा भएका छन् ।
एनआरएन मलेशियाका पूर्व महासचिव समेत रहेका चालिसेलाई ५ दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।
‘मलाई एनआरएन मलेशियाका अध्यक्ष हरि भट्टराईले झूटो मुद्दामा लगाइ उजुरी गरेपछि म पक्राउ परेको थिएँ । शक्ति र पैसाको भरमा मलाई हिरासतमा राखियो,’ चालिसेले रिहाई भएपछि भनेका छन्,‘मेरो कम्पनिका बोस्, प्रहरी अधिकारी र सबै शुभ चिन्तकलाई धन्यवाद छ ।’
यसअघि दियोपोष्टमा प्रकाशित भटट्राई सम्बन्धी समाचार दियोपोष्ट लगायत सञ्चार माध्यमलाई उपलब्ध गराएको भन्दै उनलाई झूटो मुद्दा लगाइएको थियो । प्रहरीले एथेष्ठ प्रमाण नभेटेपछि उनलाई रिहा गरेको हो ।