काठमाडौं, ६ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दो छ । शुक्रबारसम्म नेपालमा ३० हजार भन्दा बढी नेपालीहरु कोरोनाबाट संक्तमित भइसकेका छन् । यसैबीच गत बुधबारसम्म करिब ५२ हजार भन्दा बढी नेपालीहरु विदेशबाट नेपाल फर्किएका छन् ।
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार हालसम्म ५१ हजार ९ सय ६३ जना नेपालीहरु विभिन्न देशबाट नेपाल फर्किएका छन् ।
३० वटा राष्ट्रबाट उनीहरु चार्टर फ्लाइटमा नेपाल फर्किएका हुन् । नेपाल फर्कनेहरुको सुचिअनुसार युएइबाट सबैभन्दा धेरै आएका छन् । विवरण अनुसार युएइबाट १४ हजार ४ सय ८१ जना नेपाल फर्किएका छन् ।
त्यस्तै ७ हजार ७ सय ९५ जना मलेशियाबाट फर्किएका छन् । साउदी अरेबियाबाट ७ हजार ८ सय १७ जना फर्किएका छन् । कुवेतबाट ६ हजार ३ सय २९ जना नेपाली स्वदेश फर्किएका छन् । त्यस्तै कतारबाट ६ हजार १ सय ९१, जापानबाट १ हजार २ सय ८२ र बहराइनबाट ९ सय ८० जना स्वदेश फर्किएका छन् । सबैभन्दा थोरै श्रीलंकाबाट ५ जना मात्रै स्वदेश फर्किएको विवरणमा उल्लेख छ ।
यस्तो विवरण