काठमाडौं, १५ भदौ । पूर्वाधार विकास कार्यालय, बाँकेका कार्यालय प्रमुख सिडिई मनिष कुमार अर्याल घुस सहित पक्राउ परेका छन् ।
अर्यालले विभिन्न सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई ५ लाख ३० हजार रुपैयाँसहितपक्राउ गरेको हो ।
प्रदेश नम्बर ५ को भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाटै उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारले उनी चढेको ३३–१–०९६१ नम्बरको गाडी समेत त्ररामद गरेको छ ।