१३ वर्षीया छोरी करणी गरेको अभियोगमा बाबु पक्राउ

दियो पोस्ट  

काठमाडौं, १७ साउन । १३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

पाणेनी गाउँपालिका, ८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।