काठमाडौं, १९ माघ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले मनोमानी रुपमा आफ्नो कार्यकर्ता भर्ति गरेपछि वर्तमान सरकारले भूमि सम्बन्धी आयोग नै खारेज गरिदिएको छ ।
ओलीका कार्यकर्ताले १६ महिनामा २२ करोड रुपैयाँ तलब भत्तामै झ्वाम पारेका थिए ।
आफ्ना कार्यकर्ताले खाई पाई आएको सेवा सुविधा नै खारेज गरिदिएको भन्दै नेकपा एमाले निकट युवा संघले विरोध प्रदर्शन गर्ने भएको छ ।
यद्धपी युवा संघले ब्यानरमा भने भूमिहिन तथा सुकुम्बासीको समस्यालाई देखाएको छ ।
उक्त समस्याको विषयमा यसअघि कुनै प्रदर्शन र आन्दोलन नगरेको युवा संघले आफ्ना नेता कार्यकर्ताको जागिर खुस्किएपछि यो मुद्दा देखेको हो ।
उनीहरुले वर्तमान सरकारलाई गरिबमारा सरकार भन्दै आन्दोलन गर्ने भएका छन् ।
आयोगमा ७७ जिल्लामा अध्यक्ष सहित ३ जना ओलीका कार्यकर्ता नियुक्त भएका थिए । त्यस्तै समावेशीतालाई धज्जी उडाउँदै देवी ज्ञवालीको नेतृत्वमा केन्द्रीय समिति तयार भएको थिया ।
उक्त समितिले भूमि सम्बन्धी काम गर्नुभन्दा तलब भत्ता सुविधामै सिमित भएको आरोप छ ।