थर्मल गन कालोबजारी गर्ने अग्रवालसँग कान्तिपुरका मालिक कैलाश सिरोहियाको पार्टनरसिप !

diyopost.com
दियो पोस्ट  बुधबार, साउन २०, २०७८ | २२:०२:३२

काठमाडौं, १९ साउन । बीमा समितिबाट अनुमति पाउनु अघि नै विवादमा मुछिएको नेपालको दोस्रो पुनर्बीमा कम्पनी ‘हिमालयन रि’ मा एक दैनिक पत्रिकाका साहु समेत समलग्न भएको पाइएको छ ।

नेपालको प्रतिष्ठित मिडिया घराना कान्तिपुर दैनिकका मालिक कैलाश प्रसाद सिरोहीयाले उक्त कम्पनिमा १० करोड बराबरको गोल्डेन सेयर हात पारेका हुन् ।

कुल सात अर्ब १८ करोडको संस्थापक सेयरमध्ये एक अर्ब रुपैयाँ दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०÷५० करोड रुपैयाँका दरले सेयर लगानी गरेका छन् । उनीहरूको लगानीबाहेक छ अर्ब १८ करोड रुपैयाँमध्ये केहीलाई गोल्डेन सेयर त केहीलाई नजरानाबापत दिइएको सेयरबाहेक बाँकी सेयरमा भ्रष्टाचार भएको आरोप छ ।

करिब छ अर्ब रुपैयाँबराबरको ६ करोड कित्ता सेयरमा व्यक्ति अनुसार २५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म रकम असुल गरी बाँडचुँड गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार हिमालयन रि नामक पुनर्बीमा कम्पनी दर्ता गर्दा तीन अर्बभन्दा बढी अवैध रुपमा रकम संकलन गरिएको र सो रकम भूतपूर्व अर्थमन्त्री विष्णु पौडेल, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगड, अर्थसचिव शिशिर कुमार ढुंगाना, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बाँडचुँड गरेको आरोप छ ।

हिमालयन रिमा मुख्य लगानीकर्ताहरूको रुपमा भने साहिल अग्रवाल र सुलभ अग्रवाल छन् । यी दुई व्यक्तिहरूको दर्र्जनौँ कम्पनीहरूको नाउँमा अर्बौँ रुपैयाँबराबरको करोडौँ कित्ता सेयर देखिएको छ ।

जसअन्तर्गत शाहिल अग्रवालले आफ्नो उज्जीवन मर्चेन्ट प्रालिको नाउँमा १० लाख कित्ता, एकार्ड क्यापफिन प्रालिको नाउँमा १३ लाख ५० हजार कित्ता, कालिका फिनकोर्प प्रालिको नाउँमा १३ लाख ५० हजार कित्ता, जगदम्बा स्टिल प्रालिको नाउँमा २२ लाख कित्ता र जगदम्बा मोटर्स प्रालिको नाउँमा ३२ लाख कित्ता समेत गरी कुल ९१ लाख कित्ता सेयर लगानी गरेका छन् ।

यसैगरी सुलभ अग्रवालको नाउँमा रहेको एमवर प्रोभेप्टमेन्ट प्रालिको नाउँमा ३० लाख ६० हजार कित्ता र कामाख्या फिनकोर्ष प्रालिको नाउँमा नौ लाख कित्ता समेत गरी कुुल ३९ लाख ६० हजार कित्ता सेयर लगानी गरेको छ । अग्रवाल कोरोना महामारीमा थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका कुख्यात पात्र हुन् । यसैगरी दिपक भट्टको इन्फिनिटी होल्डिङ प्रालिको नाउँमा पनि ४५ लाख कित्ता संस्थापक सेयर लगानी रहेको छ । भट्ट कुनै समय चोरीको आरोप लागेका पात्र हुन् ।

सम्बन्धित खबर