एकीकृत समाजवादीसँग पार्टी एकता अन्तिम चरणमा, एउटै घोषणा पत्रको तयारी

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता गर्ने तयारी अन्तिम चरणमा पुगेको खुलाशा गरेका छन् ।
शुक्रबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको समेत बताए ।
‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं । केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना छ,’ उनले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’