काठमाडैं । नेकपा माओवादी केन्द्र गोरखाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
माओवादी केन्द्र गोरखाले अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको हो । तर प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका छन्। आजै सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका थिए।
हरिराज २०७४ को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए। यीबाहेक इच्छुक अन्य नेता, कार्यकर्ताका नामसमेत समावेश गरी केन्द्रमा उम्मेदवार सिफारिस गरिने माओवादी केन्द्र गोरखाका नेता लेखबहादुर थापाले जानकारी दिए।
गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन्। २०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा उम्मेदवार थिए।