उदयपुरको बेलकामा एकै परिवारका तीन जनाको हत्या

दियो पोस्ट  

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको हत्या भएको छ ।

बेलका -७ मा स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको प्रदेश- १ प्रहरी प्रवक्ता नविनराज राईले बताए ।

उनीहरूको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनैजनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । थप जानकारी आउन बाँकी छ ।