बाटो नबनाएको भन्दै एमाले सांसदलाई जनताले गाडीबाट झारेर हिलोमा हिँडाए !

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका सांसद ईन्द्र मणि पराजुलीलाई जनताले हिलोबाटोमा हिँडाएका छन् । धनकुटा क्षेत्र नम्बर २ खबाट प्रत्यक्ष निर्वाचित सांसद पराजुलीलाई जनताले स्कोरपिओ गाडीबाट झारेर हिँडाएका हुन् ।

एक युवाले उनी हिलोबाटोमा स्कोरपिओ गाडी चढेर आएको देखेपछि उनलाई गाडीमै प्रश्न गरेका थिए । जनताको प्रश्नपछि आक्रोशित बनेका उनले गाडी अगाडी बढाउन खोजेपछि ती युवाले मलाई मार्नुस् भन्दै गाडीमा सुतेका थिए ।
‘लगभग तीन वर्षदेखि यो बाटो यस्तै छ किने बनेन माननीय ज्यु भन्नुस्,’ भन्दै उनले गरेको प्रश्नमा पराजुलीले भनेका छन्,‘ठेकेदारलाई भन्न पर्यो नी हामीलाई भनेर हुन्छ ?’

ती युवाले उहाँ चिल्लो गाडीमा हुनुहुन्छ एसीवाला तपाईं एकछिन् हिँड्नुस् त भनेपछि नेता पराजुलीले तपाईं पनि नेतै हो त भन्दै जवाफ दिन मान्दैनन् ।

एकछिन हिलाम्य बाटोमा हिँड्नुस् भनेपछि मिटिङ छ भन्दै भाग्ने कोशिस गरेका पराजुलीको गाडी अगाडी नबढ्दै ती युवाले छेक्न कोशिस गरेको देखिन्छ । त्यसपछि आक्रोशित बनेका पराजुलीले तपाईं गाडी नछेक्नुस् भन्दै हप्की लगाउँछन् ।
‘मलाई मार्नुस् । म मर्न चाहान्छु । तर, यो बाटो छिटो बनाउनुस् माननीय ज्यु,’ ती युवाले भनेका छन्,‘मलाई मार्नुस् उहाँ हुनुहुन्छ । एमालेको धनकुटा क्षेत्र नम्बर एक क को सांसद ईन्द्रमणी पराजुली ।’
उनले त्यसो भनेपछि मात्रै पराजुली गाडीबाट ओर्लिएर हिँड्न तयार भएका छन् ।

यस्तो छ भिडियो

 

सम्बन्धित खबर