काठमाडौं । छात्रामाथि बलात्कार गरेको आरोप लागेका अनुशासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी र उनका साथी विनोद राउतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गत भदौ ६ गते प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय मोरङले सुवेदी र राउतले सामूहिक जवरजस्ती करणी गरेको दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेर पुर्पक्षका लागि थुनामा पठाएको हो । सरकारी वकिलको कार्यालयले आरोपीलाई अधिकतम १५ वर्षसम्मको कैद सजाय माग गरेको छ ।
दुवै आरोपीले भने घटनामा संलग्नता इन्कार गरेका छन् । सुवेदीले किशोरीलाई आफूले चिनेपनि करणी नगरेको दाबी गरेका छन् भने राउतले नचिन्ने दाबी गरेका छन् ।
“मुलुकी अपराध संहिताको दफा २१९” अनुसार जबरजस्ती करणी गरेको भन्दै सजाय माग गरेको छ ।
“जबरजस्ती करणी गर्न नहुने दफा २१९”को उपदफा ९३०को खण्ड९ङ० मा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरे सतादेखि दश वर्षसम्म कैद सजाय हुने उल्लेख गरिएको छ । साथै उक्त दफाको उपदफा ९३क० को खण्ड ९ग०बमोजिम कैद सजाय हुने कसुरदारलाई २ लाख रुपैयाँ जरिवाना समेत हुने छ ।
यो पनि
विराट हेल्थ कलेजको डीआईबाट बलात्कृत युवतीको बयान : ‘राक्षस बसेको कलेजमा म जान सक्दिनँ’