एमाले सांसद पराजुली भन्छन्, ‘मलाई हिलोमा हिडाउने राप्रपाका उपाध्यक्ष विरुद्ध उजुरी गरेको छु’

- खुमा ओली  

काठमाडौं । जनताले गाडीबाट झारेर हिलोबाटोमा हिँडाएका नेकपा एमालेका सांसद ईन्द्र मणि पराजुलीले आफ्नो अपमान भएको भन्दै कारबाहीको माग गरेका छन् । पराजुलीले बाटोको नाममा ती युवाले आफूलाई अपमान गर्ने मनसायले गाडी रोकेको भन्दै कारबाहीको माग गरेका हुन् ।

उनले भने, ‘बाटोमा मेरो अपमान गरियो । कारबाहीका लागि मैले मौखिक रुपमा प्रहरीलाई भनिसकेको छु । आज दिउँसो बाटोमा हिलोको कारणले गाडी जाम भयो । गाडी रोक्नुस् भन्दै एक जना युवा आए । मैले भने किन रोक्ने मलाइए काममा जानु छ तपाइ को हो मलाई गाडी रोक भन्ने ? त्यसपछि मेरो गाडी अगाडि आएर मलाई मार्नुस्, मलाई किचेर जानुस् भने । किन गाडि रोक्नु भएको भनेर प्रश्न गर्दै म गाडिबाट झरेको हुँ । बाटो बन्ने प्रक्रियामै छ । हामीले अहिले निर्देशन दिन मिल्दैन अनुगमन मात्र गर्ने हो, नियमन गर्ने सरकारले नै हो ।’

पराजुलीका अनुसार ती युवा राप्रपा नेपालका उपाध्यक्ष हुन् । आज दिउँसो एक युवाले उनी हिलोबाटोमा स्कोरपिओ गाडी चढेर आएको देखेपछि उनलाई गाडीमै प्रश्न गरेका थिए ।
‘लगभग तीन वर्षदेखि यो बाटो यस्तै छ किने बनेन माननीय ज्यु भन्नुस्,’ भन्दै उनले प्रश्न गरेका थिए ।

ती युवाले उहाँ चिल्लो गाडीमा हुनुहुन्छ एसीवाला तपाईं एकछिन् हिँड्नुस् त भनेपछि नेता पराजुलीले तपाईं पनि नेतै हो त भन्दै जवाफ दिन मानेका थिएनन् ।

एकछिन हिलाम्य बाटोमा हिँड्नुस् भनेपछि मिटिङ छ भन्दै भाग्ने कोशिस गरेका पराजुलीको गाडी अगाडी नबढ्दै ती युवाले उनलाई रोके । सोही क्रममा गाडीको अगाडि ती युवा सुतेपछि आक्रोशित बनेका पराजुली गाडीबाट ओर्लेका थिए ।

सम्बन्धित खबर