बर्दिया । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–३ का वडाअध्यक्ष लल्लन यादवविरुद्ध एक जना महिलाले जबर्जस्ती करणी गरेको भन्दै प्रहरी समक्ष जाहेरी दिइएकी हुन् ।
इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीका अनुसार करिब २९ वर्षीया महिलालाई वडा अध्यक्ष अहिरले जबर्जस्ती करणी गरेकोले कारबाहीका लागि जाहेरी दिएको बताए ।
प्रहरी निरीक्षक क्षेत्रीले वडाअध्यक्ष यादव जाहेरी दर्ता हुनासाथ फरार रहेको बताए । गत स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित उनले आफ्नो नाम लल्लन अहिर रहेको बताउँदै आएका छन् ।