दाङ । दाङमा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार एक व्यक्तिलाई करिब १३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका १ बस्ने ३६ वर्षीय देवीलाल भन्ने देव बहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
डाँगीलाई दाङ जिल्ला अदालतले २०६६ फागुन १२ गते जबरजस्ती करणी मुद्दा फैसला भई ५ वर्ष कैद सजाय तोकेको भएता पनि हालसम्म फरार रहेका रहेका थिए।
उनलाई खोजतलास गर्दै जाँदा शनिबार शान्तिनगर १ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए।
उनलाई आइतबार दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।