एकमात्र संघीय निर्वाचन क्षेत्र भएको रामेछापमा कांग्रेसबाट कसले पाउला टिकट ?

- युवराज पहाडी  

रामेछाप । आसन्न मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापमा विभिन्न नेताको दाबी छ । टिकट लिनका लागि नेताहरुले आ–आफ्नो सक्रियता देखाएका छन् । प्रतिनिधिसभा तर्फ पूर्व जिल्ला सभापति रामचन्द्र खड्का र पार्टी सभापति कान्चाराम तामाङबीच रस्साकस्सी देखिएको छ ।

एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली काँग्रेसबाट पाँच जनाको नाम सिफारिस भएका छन् ।
तर खड्का र तामाङ लोकप्रीयताको ग्राफ अन्य नेताको तुलनामा माथि छ ।
प्रदेश क तर्फ जिल्लाकै लोकप्रिय युवा नेता तथा सफल व्यवसायी भिमसेन बस्नेत, रत्न कार्की र गजेन्द्र कार्कीको प्रतिष्पर्धा छ । जिल्लामा बस्नेत सर्वाधिक लोकप्रिय नेता मानिन्छन् । हाल उनी बागमती प्रदेश सदस्य हुन् । उनी २०५९ देखि २०६१ सम्म नेपाल कमर्श क्याम्पसको कार्यवाहक इकाई सभापति भएर काम गरेका थिए ।

समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका बस्नेत २०५४,०५६ सालमा श्री सिद्देश्वर माविको (नेविसंघ) उपाध्यक्ष बनेर राजनीतिमा प्रवेश गरेका थिए । तत्कालिन समयमा पार्टीमा लाग्न निकै कठिन रहेको उनले सुनाए । उनी २०५६ साल देखि २०५८ सालसम्म (नेविसंघ) सरस्वती बहुमुखी क्याम्पसको इकाई सदस्य थिए ।

उनले १२ औं अधिवेशनमा २०६७ देखि २०७२ सालसम्म निर्वाचित जिल्ला सदस्य बनेर काम गरि सकेका छन् ।

केन्द्रदेखि प्रदेश हुँदै तल्लो तहमा परिचित बस्नेत आफूले टिकट पाए जनताको पक्षमा काम गर्ने बताउँछन् ।
प्रदेश ‘ख’ तर्फ अर्जुन केसी र भरत प्रसाद चौलागाई र नारायाण बहादुर खड्काको सम्भावना रहेको छ । उम्मेदवार सिफारिस भएका मध्ये केसी र चौलागाईले टिकट पाए निर्वाचन जित्न सम्भव हुने काँग्रेस निकट कार्यकर्ताहरुले बताए ।

सिफारिस