युवराज पहाडी
काठमाण्डौ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूला सानादलहरु उम्मेद्धवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् ।
देशभरिका जिल्ला जस्तै ओखलढुङगामा पनि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले चुनावी जोड–घटाउ गर्न थालेका छन् । ओखलढुङगाको गाउँ–गाउमा समेत चुनावी चर्चा व्यापक बनेको छ । सामाजिक संञ्जालमा बग्रेल्ती राजनीतिक लविङ सुरु भईरहेको देख्न सकिन्छ । जिल्लाको ८ वटा स्थानीय तह मध्ये ५ प्रमुख, २ उपप्रमुख, ७५ वडा मध्ये ४५ वडा जितेको काँग्रेस जनमतमा अगाडि छ । प्रतिनिधि सभातर्फ १ वटा निर्वाचन क्षेत्र रहेको ओखलढुङगामा काँग्रेसका रामहरि खतिवडा, प्रदिप सुनुवार, वालकृष्ण दाहाल, गोमा केसी र वाला अधिकारी तथा नेकपा एमालेमा यज्ञराज सुनुवार र अमिर गुरुङको नाम चर्चामा रहेको छ । सत्ता गठबन्धन हुँदा वा नहुदा समेत काँग्रेस ओखलढुङगामा जित्ने हैसियतमा रहेकाले सघंको टिकट काँग्रेसले पाउने पक्का छ । काँग्रेसमा रामहरि खतिवडाको विकल्पमा प्रदिप सुनुवार खडा छन्, तर लोकप्रीय मतको हिसाबले खतिवडा अगाडी छन् । उनी राष्ट्रिय राजनीतिमा समेत चर्चा र विवादको केन्द्रमा रहने गरेका छन्।
खतिवडा र सुनुवार बीचको अन्तर्विरोधले एमालेलाई फाइदा हुने देखिन्छ । समावेशी कोटाबाट महाधिवेशन प्रतिनिधि तथा त्रिचन्द्र क्याम्पसका पूर्वस्ववियु सभापति डेकराज भट्टराईको सम्भावना अधिक रहेको छ । काँग्रेसको केन्द्रिय नेतृत्व तथा पदाधिकारी उनको पक्षमा सकारात्मक छन् । महिला समानुपातिकमा निर्वाचन आयोगले कठोर कदम चाल्ने वहस चलाइरहेकाले गोमा केसी, र वाला अधिकारीको संम्भावना अझ बढेको छ । केसी र अधिकारी ओखलढुङगाको राजनीतिमा सिनियर मात्र होईन चर्चित, तथा स्थापित समेत छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री राजेन्द्र गुरुङले समेत आफ्नो गतिविधि बढाउदै लगेका कारण ओखलढुङगाको चुनावी रस्साकस्सी रोचक बनेको छ । माओवादीले राम कार्की र चम्पा कार्कीलाई प्रतिनिधिसभाको लागि नाम सिफारिस गरेको छ । समानुपातिकबाट चम्पाको सम्भावना बढी देखिन्छ ।
प्रदेश ख
निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा ख बाट गठबन्धनमा टिकट कुन दलले पाउने छ त्यो तपसिलमा रहला तर स्थानीय निर्वाचनमा ४ वटा तहमा ४ वटै जितेको नेपाली काँग्रेसले यो क्षेत्रलाई गर या मरको स्थितिमा हेरिरहेको छ । यो क्षेत्रको छिनोफानो देउवा र प्रचण्डबाटै हुने देखिन्छ । यसका लागि काँग्रेस जुनसुकै मुल्य चुकाउन पनि तयार छ, तर यो क्षेत्र गुमाउन तयार छैन । यो क्षेत्र माओवादीलाई सुम्पिदा काँग्रेसी जनतामा ठूलो तिक्तता आउन सक्छ । माओवादीलाई छाड्दा काँग्रेसबाट बागी उम्मेदवारको सम्भावना देखिदा संघको निर्वाचनलाई असर गर्ने छ । तर जुन पार्टीको भागमा परे पनि नेपाली काँग्रेसमा कुमार लुँईटेल, वाला अधिकारी, रुद्र अधिकारी, राजन सुवेदी, अजय लुईटेल, भोजकुमार श्रेष्ठ, शान्तिराज खडकाको संम्भावना छ । कुमार लुईटेल, वाला अधिकारी र रुद्र अधिकारी स्वभाविक उम्मेदवार हुने छन् । कुमार लुईटेल लोकप्रिय र मतपोलिङमा पपुलर देखिन्छन । गाउँ–बस्तीबाट समेत उनको समर्थनमा लविङ जारी छ । लुईटेल प्रदेश १ का काँग्रेस प्रदेश सदस्य समेत हुन् । वाला अधिकारी युवा तथा तरुण जगतमा अत्याधिक लोकप्रिय छिन् । जनताका आशा र भरोषामा उनी अगाडि देखिन्छिन् । उनले प्रेस युनियन र पत्रकार महासघंको नेतृत्वमा बसेर पार्टीमा सकारात्मक संन्देश प्रवाह गरेकाले काँग्रेसको केन्द्रिय नेतृत्व सकारात्मक रहेको बुझिन्छ । पछिल्लो समय समावेशिता र समानुपातिकका मुद्दा जोडदार रुपमा उठेका कारणले वालाको सम्भावनालाई लिएर जिल्लामा ठूलो बहस जारी छ । उनी समाकालिन राजनीतिकमा सफल नेता तथा चर्चित संचार उद्योमी समेत हुन् । जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा दुवैतर्फ नाम सिफारिस हुने एकमात्र भाग्यमानी नेता अधिकारीको संम्भावना बढ्दै गएको छ । रुद्र अधिकारी सक्षम हँुदाहुदै आप्mनै कारणले घेराबन्दीमा छन् । घेराबन्दी तोड्न सके अधिकारी मुख्य दाबेदार हुने छन् । अधिकारी राजनीतिका चतुर तथा लोकप्रिय पात्र हुन् । उनी प्रदेश १ को काँग्रेस प्रदेश सदस्य समेत हुन् । अजय लुईटेल, राजन सुवेदी र शान्तिराज खड्का युवा आवाज हुन् । राजन सुवेदीले स्थानीय निर्वाचनमा आफूले त्याग गरेको तर यो निर्वाचनमा पार्टीका नेताहरुले सहयोग नगरे स्वतन्त्र उम्मेदवारी दिने प्रष्ट पारेका छन् । आफूले स्वतन्त्र उम्मेदवारी दिँदा संघीय संसदको लागि दिने र प्रदेशमा हिरा कट्वाललाई उठाउने सहमति भएको स्रोतले बतायो । हिरा कट्वालले स्वतन्त्रको चुनाव चिन्ह लौरोबाट निर्वाचनमा भाग लिने र जित्ने ठोकुवा समेत गरेका छन् । जनजातिबाट भोजकुमार श्रेष्ठको सम्भावना देखिन्छ । उनी जिल्ला कार्यसमिति सहसचिव हुन् । नेतृ सविता राई र बलबहादुर तमाङ (राज)ले समेत आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका छन् । तामाङको लोकप्रियता बढ्दो छ । उनलाई काँग्रेसका चर्चित युवा नेता बुद्ध लामाको साथ छ । तमाङ केद्रिय सदस्य रामहरि खतिवडा र प्रदिप सुनुवारका विश्वाश पात्र हुन् । यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परे बाबुराम गौतमको भाग्य बलियो रहने छ । गौतम राजनीतिका चतुर खेलाडी समेत हुन् । काँग्रेस भित्रको भड्काउ मत आफूतिर तान्न सक्ने तागत उनमा छ । नेकपा एमालेमा ज्ञानबहादुर खड्का (जिवी) र नानिवावु वुढाथोकीको चर्चा छ । जिवी खड्का एमालेमा मात्र होइन जिल्लाका ग्रामिण क्षेत्रमा लोकप्रिय तथा विकास प्रेमीका नामले समेत चिनिन्छन् । खड्काले छाडेको खण्डमा मात्र वुढाथोकीले अवसर पाउने छन् । खड्का पर्ख र हेरको स्थितिमा छन्, तर जिल्लाको पार्टी नेतृत्व उनलाई टिकट दिदा जितिने लेखाजोखामा छ । मतपोलिङमा एमालेका अन्य नेताभन्दा खड्का धेरै अगाडि देखिन्छन् । उनी युवा जगतका आसालाग्दा नेता हुन् । जनता समाजवादीका नेता प्रभुराम श्रेष्ठले समेत आफ्नो उम्मेदवारी रहने बताउँदै चुनावी गतिविधिमा सक्रिय छन् ।
प्रदेश क
निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा क बाट गठवन्धनमा टिकट पाउदा काग्रेसले पाउने पक्का छ । काग्रेसमा नविन राई, हरि प्रसाद दाहाल, गंगा वहादुर कार्की, सर्वधन तामाङ, वेद बहादुर रोका र लिलावल्लव दाहाल मध्ये एकजान आउने छन् । भौगोलिकता, जातियता मिलाउन नवीन राईको आवश्यकता पर्न सक्ने धरालत देखिन्छ, भने उनी मतपोलिङमा अगाडि छन् । जिल्लाका सम्पूर्ण नेता मध्ये उनी पपुलर युवा नेता हुन् । उनी काँग्रेसका वरिष्ठ नेता तथा केन्द्रिय पदाधिकारीका विश्वास पात्र हुन् । गंगा कार्की सबै नेता तथा कार्यकर्ताको रोजाईमा पहिलो नम्बरमा पर्दछन् । प्रदेश सदस्य समेत रहेका कार्की कार्यकर्ता मैत्री, विकास प्रेमीको नामले परिचित छन् । उनले जनतामा विश्वाशिलो छबि स्थापित गरिसकेका छन् । ओखलढुङगामा नवीन राई र गंगा कार्की विवाद रहित युवा नेतामा पर्दछन् । हरि प्रसाद दाहाल सामाजिक क्षेत्रबाट राजनीतिमा आएका कारण उनको संम्भावना बढ्दै गएको छ । सामाजिक छबि बनाएका दाहालको जनमत बढ्दै गएको बुझिन्छ । सर्वधन तामाङले आफ्नो उम्मेदवारीलाई जनताले स्वभाविक रुपमा लिने बताएका छन् । जिल्ला पार्टी कार्यलयको भवन बनाएका कारण चर्चा कमाएका तमाङ जिल्ला पार्टी सभापति तेजेन्द्र खनालका विश्वाशिला पात्र समेत हुन् । उनी सरल स्वभावका चिनिएका युवा नेता हुन । लिलावल्लव दाहालको पछिल्ला क्रियाकलाप उत्साह जनक रहेकाले उनीप्रति जिल्ला नेतृत्व सकारात्मक छ । वेद बहादुर रोकाको नाम चर्चामा रहेको छ । बौद्धिक तथा इमान्दार नेतामा पर्ने उनीलाई जनताले विशेष रुपमा हेर्दे आएका छन् । एमालेबाट अमिर गुरुङ प्रतिनिधि सभाको रेसबाट पछि हटेर प्रदेशमा आए उनको विकल्प कोही हुन सक्दैनन् । उनी नै एकमात्र धावक हुने छन् । गुरुङ बाहेकको उतm प्रदेश एमालेको लागि अधुरो र अपुरो हुने देखिन्छ । गुरुङ सघं र प्रदेशसभाका साझा उम्मेदवार समेत हुन् ।