सन्दीप लामिछाने सीपीएलबाट बाहिरिए, दुई दिनभित्र नेपाल फर्किँदै

दियो पोस्ट  

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेसँगै उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाएका हुन् । सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो टिमले बिहीबार सन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छोडेको जनाएको छ ।

आजै फेसबुक स्टाटस मार्फत सन्दीपले सीपीएलबाट बिदा लिएर नेपाल आउने जनाएका थिए । स्रोतका अनुसार सन्दीप एक–दुई दिनभित्रै नेपाल फर्किँदैछन् । पक्राउ पूर्जी जारी गरिएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको भनाइ छ । सन्दीप नेपाली टिमको नेतृत्व गर्दै केन्या गएका थिए । त्यहाँ पाँच म्याचको टी–२० श्रृंखला खेलिसकेर उनी सीपीएलका लागि वेस्ट इन्डिज गएका हुन् ।

सिफारिस