चितवनको कान हत्या प्रकरणका प्रमुख अभियुक्त पक्राउ, चक्कु प्रहार गर्ने यीनै हुन् !

दियो पोस्ट  

काठमाडौं । स्थानिय निर्वाचनको कहीदिन अघि चितनवको भरतपुर नगरपालिका कृष्णपुरस्थित पञ्चेश्वर नगर प्लटिङ क्षेत्रमा काने भनिने अनिल परियारको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । उनलाई चक्कु प्रहार गर्ने प्रमुख अभियुक्त तिलक गैरेलाई प्रहरीले पक्राउ गरेको छ । स्रोतका अनुसार उनलाई भारतबाट नेपाल ल्याइ रुपन्देहीको नाका हुँदै चितवनमा बुझाइएको हो ।

गत वैशाख २५ काने भनिने अनिल परियारको चक्कु प्रहारबाट हत्या भएको थियो । श्री घटना पश्चात फरार रहेका उनलाई विहिबार विहान ७ बजे रुपन्देही प्रहरीले पक्राउ गरि चितवनलाई बुझाएको हो ।

उनलाई रुपन्देहीस्थित बेलहियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । चितवनको साविक मंगलपुर गाविसको वडा नम्बर ७ हाल भरतपुर नगरपालिका वडा नम्बर १५ बस्ने गैरे आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

सम्बन्धित खबर