विमानस्थलबाट प्रहरी प्रमुख सिंहले भने,‘अमेरिका भ्रमण सफल भयो’

दियो पोस्ट  

 

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक धिरज प्रताप सिंह स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युओर्कमा आयोजित तीन दिवसीय तेस्रो युनाइटेड नेशन्स चिफ्स अफ पुलिस समिट (युनिकोप्स)मा भाग लिन पुगेका उनी शनिबार बेलुका नेपाल फर्किएका हुन् ।

सिंहलाई लिन त्रिभुवन विमानस्थलमा एआइजीहरु सहकुल थापा, रविन्द्र धानुक र दिवेश लोहोनी पुगेका थिए । विमानस्थलमा कुराकानी गर्दै महानिरिक्षक सिंहले अमेरिका भ्रमण सफल भएको बताए । उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरुमा प्रहरीको भूमिका अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघको महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र एफोरपीको कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए ।

नेपालको तर्फबाट शान्ति सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले चर्चा गरे । साथै उनले अन्य देशका प्रहरी प्रमुखसँग द्विपक्षिय तथा बहुपक्षिय भेटवार्ताका क्रममा युएन मिसनमा नेपाल प्रहरीको सहभागीता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको प्रशंसा गरिएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक सिंहसँगै सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल समेत सहभागी भएका थिए ।

 

सिफारिस