नागरिकता विधेयक रोकेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

दियो पोस्ट  

काठमाडौं । नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला जलाएको छ ।
नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको हो ।

विद्यार्थीले पुत्ला जलाउँदै गर्दै नाराबाजी गरेका थिए । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीमाथि ढुंगामुढासमेत भएको छ ।
उनीहरुले छिटो उक्त विधयेक प्रमाणीकरण गर्न माग गरेका छन् ।

सम्बन्धित खबर