काठमाडौं । महानगरपालिकामा संचालित क्यासिनोले काठमाडौं महानगरलाई मनोरञ्जन कर तिरेका छन् । ७ वटामध्ये ५ वटा क्यासिनोले मनोरञ्जन कर ६६ लाख ९८ हजार ९२० रुपैयाँ मनोरञ्जन कर तिरका हुन् ।
महानगरले ७ वटा क्यसिनोलाई मनोरञ्जन कर तिर्न पत्र काटेर महानगरभित्रका क्यासिनोहरूलाई ८ दिन अघि ७ दिन भित्र कर तिर्न म्याद दिएको थियो ।
ताकेता गरेपछि म्यारियट क्यासिनोले २१ लाख ४२ हजार, अन्नपूर्णको क्यासिनोले ११ लाख ८५ हजार, हायातको क्यासिनोले ९ लाख ८९ हजार, सोल्टीको क्यासिनोले ९ लाख ९३ हजार, मल्ल होटलको क्यासिनोले १३ लाख ८८ हजार रुपैयाँ महानगलाई मनोरञ्जन करबापत बुझाएका छन् ।
महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गर्ने महानगरले बताएको थियो ।