सबैलाई टिकट चाहिएको छ, टिकट नपाउने बेहोस हुन्छन् कि भन्ने चिन्ता छः माधव नेपाल

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र २९, २०७९ | १८:१५:४५

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् । नेपालले निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँड्नर नसक्ने वृद्धहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको बताए ।

अध्यक्ष नेपालले ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस हुने हो कि भन्ने आफूलाई लागेको पनि बताए । उनले भने, ‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । चाहना हेर्ने हो भने अकासिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन ? त्यो छुट्याउने आधार हामीले बनाउन सकिरहेका छैनौँ ।’

सम्बन्धित खबर