बालेनलाई पछ्याउदै सुनकोशी गाउँपालिकाका अध्यक्ष तामाङ, अनाधिकृत संरचना हटाउन ३५ दिने ‘अल्टिमेटम’

diyopost.com
युवराज पहाडी
  बिहिबार, भाद्र ३०, २०७९ | १५:१३:२६

ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिकाले पालिकाभित्रका अनाधिकृत रुपमा रहेका संरचनाहरु हटाउने भएको छ । गत २८ गतेको कार्यपालिका बैठकको निर्णयानुसार गाउँपालिकाले अनधिकृत रुपमा रहेका सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको हो ।

दियोपाष्ट डटकमले केही दिन अघि सुनकोशी गाउँपालिकाको भाग्य र भविष्य कोर्दै अध्यक्ष कमल तमाङ र उपाध्यक्ष सुनिता अधिकारी भन्ने आसयको समाचार प्रकाशन गरे लगत्तै कार्यपालिकाले यो निर्णय गरेको हो । सार्वजनिक जग्गामा अनाधिकृत घर टहरा बनाइएका पालिकाका महत्वपुर्ण ठाँउहरु वडा नम्बर १० को कोषाहाट, ५ को फलाटेभन्ज्याङ, ३ को सिस्नेरीभन्ज्याङ, १ को वलखुभन्ज्याङ, २ को कटुवावेशी र ७ र ८ का केही भूभाग अगडि देखिन्छन् । वडा नम्बर १० का वडाध्यक्ष हितराज कार्कीले आफ्नो वडाले यस्ता संरचना हटाउन सक्दो प्रयास गर्ने बताए, भने वडा नम्बर ३ का अध्यक्ष गिर्वराज मगरले पुरा समर्थन गर्ने जानकारी दिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको डोजरको ब्यापक चर्चा र परिचर्चासँगै ओखलढुङगा सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तमाङको यो निर्णयलाई सकारात्मक रुपमा हेरिएको छ ।

काठमाडौं महानरपालिकाका मेयर बालेन साह र धरान उप–महानगरपालिकाका हर्क साम्पाङ जस्तै भौतिक पुर्वाधार र सुशासनमा ब्यापक सुधारको प्रयास गरेका अध्यक्ष तमाङ, उपाध्यक्ष अधिकारी, प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्की र पालिकाका प्रवक्ता प्रकाश सापकोटाको सुनकोशी बासीका जनताले यो कार्यको पूर्ण समर्थन गरेका छन् ।

कार्यपालिका बैठकबाटै निर्णय गराएर त्यस्ता संरचना हटाउन निर्देशन दिइएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए । गाउँपालिकाले १० वटै वडामा सूचना जारी गरेको छ । अनधिकृत घर टहरा ३५ दिनको समय सीमाभित्र नहटाए गाउँपालिका आफैँले प्राविधिक टोलीसहित त्यस्ता संरचना भत्काउने र भत्काउन लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाले व्यहोर्नु पर्ने गाउँपालिकाका प्रवतmा प्रकाश सापकोटाले जानकारी दिए ।
सार्वजनिक जग्गामा अनधिकृत रुपमा बनेका घर तथा टहराले सडक सञ्जालको स्तरोन्नति साथै हाटबजार क्षेत्रको बजार व्यवस्थापन गर्न पनि अवरोध हुँदै आएको छ ।

 

सम्बन्धित खबर