घुससहित पक्राउ परेका उपसचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचार मुद्दा

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन ०२, २०७९ | १६:०२:०८

कठामाडौं । घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल काठमाडौं महागनरपालिका– १ स्थित होटल आर्यनाबाट ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । प्याराग्लाइडिङ सञ्चालनको लाइसेन्स बनाइदिने भन्दै नेपालले सेवाग्राहीसँग उक्त रकम घुस लिएको आरोप लागेको थियो । सोही ठाउँमा नेपालले रोकिराखेको गाडीमा १६ लाख ५० हजार रुपैयाँ पनि बरामद भएकोमा अख्तियारले त्यसमा पनि मुद्दा दायर गरेको छ ।
उनले सेवाग्राहीसँग सापटी भन्दै घुस लिएको आरोप लगाइएको छ । उक्त रकम बीबी एयरवेज प्रालिका सीईओ हरिभक्त श्रेष्ठले सापटीबापत दिएको नेपालले दाबी गरेका थिए ।

तर, नेपालले उक्त कम्पनीको काम गरेको देखिएपछि अख्तियारले घुस दाबी गर्दै मुद्दा दायर गरेको हो ।

सम्बन्धित खबर