एनआईसी एशिया बैंक असुरक्षित : सर्वसाधरणको खाताबाट एकाएक लाखौँ रुपैयाँ गायब !

diyopost.com
दियो पोस्ट  बिहिबार, आश्विन ०६, २०७९ | १२:५१:२६

काठमाडौं । राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त एनआइसी एशिया बैंकको खाताबाट लाखौँ रुपैयाँ गायब भएको छ । बैंक व्यवस्थापनको लापरबाहीका कारण एक सेवाग्राहीको खातामा रहेको २ लाख रुपैयाँ गायब भएको हो ।

धादिङको निलकण्ठ नगरपालिका घर भएका राजु श्रेष्ठको खाताबाट २ लाख रुपैयाँ एकाएक गायब भएपछि उनी यतिबेला प्रहरी कार्यालयसम्म पुगेका छन् । तर, मिनभवन स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयले जाहेरी समेत दर्ता नगरिदिएपछि पीडित श्रेष्ठ थप पीडामा परेका छन् ।
काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ९ स्थित कालिका नियो फर्निचर एण्ड डिजाइन प्रा.ली संचालन गर्दै आएका उनले कम्पनिकै नामबाट एनआइसी एशिया बैंकमा खाता खोलेर केही रकम जम्मा गरेका थिए । एनआइसी एशियाको सितापाइला शाखाबाट बैंकिङ कारोबार गर्दै आएका उनलाई गत अशोज ३ गते विहान ६ बजे नै उनको मोबाइलमा ह्वाट्स ९८५६०६०८१८ बाट एउटा म्यासेज आयो । सोही म्यासेज हेर्नका लागि क्लिक गर्दा केही खुलेन ।

त्यसपछि उनले कुनै वास्ता गरेनन् तर एक घण्टापछि उनको खाताबाट भटाभट रकम ट्रान्सफर भइरहेको म्यासेज उनले पाए । पटक पटक गरी २ लाख रुपैयाँ अन्य बैंक एकाउन्टमा ट्रान्सफर भएपछि उनले तत्काल बैंकलाई फोन गरे । बैंकलाई जानकारी समेत गराए । तर, बैंकले कुनै कारबाहीका लागि पहल गरिदिएन । उनी आफै प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएपनि मिनभवनस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयले ठाडो निवेदन समेत लिन अस्विकार गर्दै आएको छ । निजि बैंक मध्ये सबैभन्दा साइबर सुरक्षामा अति कमजोर मानिएको एनआइसी एशिया बैंकबाट अन्य सर्वसाधरणको पनि रकम गायब भएका घटना विगतमा आएका थिए ।

बैंकको आन्तरिक प्रणाली यति कमजोर छ की केही वर्षअघि स्विफ्ट ह्याक गरेर ४६ करोड रुपैयाँ भन्दा बढी रकम निकालेर लैजाँदा समेत बैंक व्यवस्थापनले असली चोर पत्ता लगाउन सकेको छैन । केही विदेशी नागरिकलाई विपक्षी बनाएर मुद्दा दायर भएपनि ती विदेशी नागरिक पक्राउ समेत नपरी मुद्दा ढिसमिस भइसकेको छ ।

सम्बन्धित खबर