साइन बोर्डको कर तिर्न काठमाडौं महानगरको ताकेता, ३० दिनभित्र नतिरे हटाइने

diyopost.com
दियो पोस्ट  शुक्रबार, आश्विन ०७, २०७९ | ११:४६:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र व्यवसाय गर्नेहरूले आफ्नो पसलमा राखेको परिचय पाटी (साइन बोर्ड) को समेत कर तिर्न ताकेता गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्र कर तिर्न भनेको हो।

महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउनुपर्ने परिचय पाटी शुल्क नबुझाएको भन्दै सूचना प्रकाशन भएको ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा शुल्क बुझाउन भनिएको छ।
उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले

परिचय पाटी ६ वर्ग फुटसम्म एक वटाको ५०० रूपैयाँ, १५ वर्ग फुटसम्मको १००० रूपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट १००० रूपैयाँ वार्षिक शुल्क लाग्ने र ३० वर्गफुटभन्दा माथिको परिचय पाटी राख्न नपाइने महानगरले जनाएको छ।

सम्बन्धित खबर