नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै मन्त्रीकी पत्नीविरुद्ध मुद्दा

diyopost.com
दियो पोस्ट  शुक्रबार, आश्विन ०७, २०७९ | १४:२३:१२

कैलाली । शिक्षक गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । कैलालीको धनगढी उप–महानरपालिकास्थित शिव निम्र माध्यामिक विद्यालय (हालको) देवरियामा पढाउँदै आएकी सोडारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको  हो । आरोपित सोडारी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीकी पत्नी हुन् ।

 उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई यही असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो
सोडारीले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेको पनि अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर