मनास्लु क्षेत्रमा बेपत्ता हुने सबै नेपाली नागरिक (नामावलीसहित)

दियो पोस्ट  

काठमाडौँ । मनास्लु आधार शिविर क्षेत्रमा हिमपहिरोबाट ५ नेपाली बेपत्ता भएका छन् । उनीहरुको पहिचान भएको छ । हिमपहिरोमा परि बेपत्ता हुनेहरु सबै नेपाली अरोहण दलका सदस्य शेर्पाहरु रहेका छन् ।
सोमबार बिहान करिब ११ बजे हिमपहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जितबहादुर शेर्पा रहेका छन् । एक पाकिस्तानी नागरिक अफिज साद बिन मनावर भने लेक लागेर विरामी भएका छन् ।

बेपत्ता भएका पाँचै जना नेपाली आरोहण दलको सहयोगी सदस्यका रूपमा त्यसतर्फ गएका थिए । उद्दारका लागि हेलिकोप्टर परिचालन गरिएको भएपनि हालसम्म कुनै उपलब्धी हासिल भएको छैन ।

 

 

सम्बन्धित खबर