महांकाल मन्दिर परिसरमा लुटैलुट : पार्किङ शुल्कको नाममा ट्राफिकका असईको पदमको दादागिरि !

दियो पोस्ट  

 

भक्तजनहरुको निकै आस्था र विश्वास रहेको टुंडीखेल परिसरसँगै जोडीएको महाकांल मन्दिर फटाहाहरुका लागि लुटको केन्द्र बन्न पुगेको छ । मन्दिरमा आउने दर्शनार्थीको सुविधाका लागि छुट्याइएको पार्किङस्थल यतीबेला दुई चारजना स्थानीय फटाहा र स्वयम् प्रहरीका एक जुनीयर अफिसरका लागि लुटस्थल बन्न पुगेको छ ।

मन्दिरमा दर्शनार्थ आउने भक्तजनभन्दा पनि न्यूरोडतिरका व्यापारी र उनीहरुका सरसमान ओसारपसार गर्ने मालबहाक सवारी साधनले उक्त पार्किङस्थल ओगटेको देखिन्छ । त्यसरी सवारी पार्किङ गरिएवापत उनीहरुबाट मोटो रकम असुल गरिँदा सम्वन्धित पक्ष केही बोलीरहेको हुन्न । त्यसरी उठाइएको रकम कहाँ जान्छ ? कसकसले खान्छ ? अत्तोपत्तो छैन ।

मन्दिरमा लामो समयदेखि स्वयंम सेवकका रुपमा कार्यरत किसन ठकुरीका अनुसार २०७० सालदेखि महाकाल मन्दिर परिसरमा अवैधानिक ढंगबाट र किर्ते रसिदवाट पार्किङ शुल्क उठाउन थालिएको हो । यस कार्यमा मुख्य भुमिका जनसेवा सामुदायिक इन्चार्ज पदम भट्टराईको छ। जनसेवा सामुदायिक केन्द्रका इन्चार्ज असइ पदम भट्टराईले कहिल्यै पनि तोकिएको स्थानमा ड्युटी नगरी पार्किङ ठेकेदारका रुपमा घुमफिर गरि समय कटाइरहेका हुन्छन् । र, पनि उनलाई प्रहरीका कुनै पनि युनिटले दिएको जिम्मेवारी निर्वाह भइरहेको छ कि छैन भनेर ’वाच’ गर्ने काम भइरहेको देखिन्न ।
स्थानीय युवाको क्लव र महांकाल मन्दिरसँग जोडीएका व्यक्तिले पार्किङमा उठाइएको रकमका सन्दर्भमा प्रश्न उठाउन थालेपछि सामुदायिक प्रहरीका असई पदम भट्टराईले पछिल्लो समय इश्वर लामीछाने नामका अर्का व्यक्तिलाई अघि सारेका छन् । ठकुरीका अनुसार लामीछाने भट्टराईकै ’रवर स्ट्याम्प’ हुन् ।
पार्किड्मा भइरहेको लुटका सन्दर्भमा गुठी संस्थानसँग सम्पर्क गर्दा उसले समेत अवैध कार्य भन्दै पार्किङ बन्द गराउन प्रहरीलाई पत्र समेत लेखेको अवस्था छ । पार्किङवालाले स्वयम् गुठी संस्थानकै नाममा पार्किङ रसिद छापेर रकम असुल गरिरहेको छ । मालबहाक सवारी साधनको प्रति घन्टा १००, अन्य नीजि सवारी साधनको प्रतिघन्टा ६० र मोटरसाइकलको प्रतिघन्टा २० रुपैया उठाउने गरिएको छ । राजधानीकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडको गेटमै सुविधाजनक पार्किङ भएकाले धेरैजसो सवारी साधनवालाको रोजाईको पार्किङस्थल बनिरहेको महांकाल मन्दिर परिसरमा दैनिक हजारौं रकम उठ्ने गर्छ । तर, सबैको नजर पर्ने स्थानमा समेत अवैधरुपमा सञ्चालन गरीएको सशुल्क पार्किङ रोक्नेतर्फ सम्वन्धित पक्षको ध्यान गएको पाइन्न ।
पार्किङको वैद्यता बारे विभिन्न कोणबाट प्रश्न उठेपछि हाल गुठी संस्थान अन्तर्गतको कालमोचन गुठीसँग ५ वर्षको सम्झौता भएको भनिएको छ । तर, कालमोचन गुठीसँग महांकाल मन्दिरको कुनै साइनो÷सम्वन्ध छैन । कालमोचन गुठीका शाखा अधिकृत हरी सुवेदीमाथि उनले हाल पार्किङ सञ्चालन गर्दै आएको समूहसँग अनुचित लाभ लिएर अवैध सम्झौता गरेको आरोप छ । स्वयम्सेवक ठकुरीका अनुसार भद्रकाली गुठीसँग सम्वन्ध भए पनि त्यहाँबाट न कुनै स्वीकृती लिइएको छ, न जानकारी नै गराइएको छ । बरु, पछिल्लो समय न्यूरोडका विभिन्न स्थानमा स्मार्ट पार्किङको जिम्मा पाएको टिमले महांकालको पार्किङ पनि जिम्मा लिएको छ । तर, उसले पार्किङ शुल्क उठाए वापत दिने रसिद अवैध हो ।
मन्दिरसँग सम्वन्धित पक्षले पार्किङका सन्दर्भमा भइरहेको अनूमतीका लागि अब आवश्यक जुनसुकै निकायमा जाने तरखर गरिरहेको बताइएको छ । यस बारेमा ट्रफिक प्रहरी, महानगरपालिका, जनसेवा प्रहरी वृत्त र गुठी संस्थानमा पनि अवैध रुपमा पार्किङ क्षेत्रमा भइरहेको लुटका बारेमा छानविन गरी कारवाही गर्न उजुरी परिसकेको बुझिएको छ । यसअघि तत्कालिन मेयर विद्यासुन्दर शाक्यका पालामा मन्दिरसँग सम्वद्ध व्यक्तिहरुको समुह नै अवैध पार्किङ रोक्न र दोषीमाथि कारवाही गर्न भनेर पटक पटक महानगरपालिकामा डेलिगेशन जाँदा पनि मेयर शाक्यले चासो नदिनुलाई उनी समेत पार्किङवालाको प्रभावमा परेको आशंका गरिएको थियो ।

सम्बन्धित खबर