धादिङ हिँडेका यात्रु बसपार्कमै अलपत्र : प्रहरीको घुमुवा आतंकले बस ठप्प !

दियो पोस्ट  

काठमाडौं । काठमाडौं प्रहरीका घुमुवाले चालकसँग बार्गेनिङका क्रममा बढी भाडा भनेको भन्दै बसपार्क क्षेत्रबाट चालकहरुलाई पक्राउ गरेपछि बसपार्क क्षेत्रमा हजारौँ सर्वसाधरण अलपत्र परेका छन् ।
प्रहरीले अवैज्ञानिक रुपमा सवारी चालकलाई भाडा बार्गेनिङ गर्दै सामान्य चालकलाई पक्राउ गरि हिरासतमा राखेपछि यातयात व्यावसायीहरुले बसपार्क क्षेत्रबाट अन्य जिल्ला जाने यातयात संचालन गर्न सकेका छैनन् ।
दशैंको मुखमा घर जान निस्किएका सर्वसाधरण बसपार्कमै अलपत्र परेका छन् । पोखरा जाने केही माइक्रो चालकलाई पनि नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ । ‘दशैंको मुखैमा घर जान लागेका सर्वसाधरणको विचल्ली भएको छ,’ धादिङ तर्फ जान लागेका एक सर्वसाधरणले दियोपोस्टसँग भने,‘विहानै आएका थियौँ । अहिलेसम्म कुनै चालक नभएपछि समस्या भएको छ । सरोकारवालाले वार्ता गरेपनि केही टुंगो लागेको छैन ।’

सम्बन्धित खबर