काठमाडौं । विश्व शान्ति दिवसको अवसर पारेर ‘पिस फर पिपल्स’ र ‘मास्टर पिस’ले विद्यार्थीहरूमाझ शान्तिको प्रत्याभूति गराएका छन् । ‘पिस फर पिपल्स’ र ‘मास्टर पिस’ले बुधवार (असोज ५) कीर्तिपुरस्थित श्री मङ्गल माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग शान्तिको प्रत्याभूति गराएको हो ।
‘ग्लोबल हट बिट’ गराउने प्रमुख उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम विद्यार्थीहरूबिच मनोरञ्जनका विविध गतिविधिहरू गरेर भव्यताका साथ सम्पन्न गरिएको हो । कार्यक्रममा धेरै सांगेतिक समुह (म्युजिक ब्यान्ड)हरुले प्रस्तुति दिएका थिए । कार्यक्रममा बिएनवाई ब्यान्ड, त्रिओस अन ट्रिप, आशा लगायतका सांगेतिक समूहहरूले प्रस्तुति दिएका हुन् । त्यस्तै कलाकार केदार अनुरागी र शुभल मिश्रले समेत प्रस्तुति दिएका हुन् ।
विद्यार्थी र शिक्षकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले समेत आफ्नो प्रस्तुति दर्साएका थिए । पिस फर पिपुल्सका अनुसार कार्यक्रममा कुल १६ जना कलाकारहरुको प्रस्तुति रहेको र २७ जना विद्यार्थीहरूले प्रस्तुति दिएका हुन् ।
कार्यक्रममा ‘पिस फर पिपुल्स’ फ्रान्सको समेत सहभागिता रहेको थियो ।