क्रिश्चियन धर्म प्रचारक महिला–पुरुषलाई हिन्दूवादी युवाद्वारा कालोमोसो !

दियो पोस्ट  

काठमाडौं । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने महिला–पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् ।

नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेका हुन् ।

हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।

अहिले उनी दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको छ ।