भृकुटीमण्डपमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेको प्रहरीले बताएका छ । यस विषयमा थप अनुसन्धान हुँदै छ ।