धादिङ्गको ससाह जंगलमा बालिका बलात्कार : बलात्कारी छुटाउन कांग्रेस नेताको दौडधुप

दियो पोस्ट  

धादिङ । धादिङ्ग एक १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालीकालाई बलात्कार गरेको आरोपमा नीलकण्ठ नगरपालिका– ४ का ३३ वर्षीय पुर्णबहादुर श्रेष्ठ पक्राउ परेका छन् । धादिङ्गवेशी बजारमै रहेको निलकण्ठ सप्लायर्सका व्यापारी समेत रहेका उनलाई प्रहरीले भदौ २० मा पक्राउ गरेको हो ।

आरोपितले बालिकालाई भदौ २० गते बिहानै राती नीलकण्ठ नगरपालिका–८ जंगल क्षेत्रमा र र सिद्धलेक गाउँपालिका –६ मा कच्ची सडकमा बलात्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा पेश गरिएको जाहेरीमा उल्लेख छ ।
आरोपित श्रेष्ठ विरुद्ध भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २० गते धादिङ अस्पतालमा भएको हो ।
आरोपित धादिङबेसि बजारका निलकण्ठ सप्लायर्सका संचालक विनोद कुमार श्रेष्ठका छोरा हुन् । उनलाई जोगाउन धादिङ्गका कांग्रेस नेताहरुको दौडधुप छ । केही नेताले प्रहरी प्रमुख गौतम मिश्रलाई दबाव दिएको स्रोतले बताएको छ ।

TATA ADD