धादिङमा बालिका बलात्कार अभियुक्त ‘पैसावाला व्यापारी’ जोगाउन कांग्रेस नेताको दौडधुप !

दियो पोस्ट  

धादिङ । कञ्चनपुरकी निर्मला पन्त बलात्कार पछि हत्या घटनाको अभियुक्त हालसम्म पनि फेला पर्न सकेको छैन । प्रहरीले अभियुक्त पक्राउ गरेर पनि अनुसन्धानमा लापरबाही गर्दा अभियुक्तले उन्मुक्ति पाएका छन् । घटनालाई राजनीतिकरण गरेर केही दलले आफ्नो राजनीतिक फाइदा समेत उठाएपछि यो घटना झनै रहस्यमी बन्दै गएको छ । बलात्कार, हत्या र हिंसामा समेत विकृत राजनीति हुँदा अभियुक्तले उन्मुक्ति त पाउँछन् नै पीडित भने न्यायको पाउनबाट बञ्चित हुँदै जानुपर्छ । पीडितले न्याय नपाउने र अभियुक्तले उन्मुक्ति पाएको ठूलो घटना मध्ये निर्मला बलात्कार र हत्या सबैभन्दा ठूलो हो ।

ठीक त्यस्तै धादिङमा बलात्कारको एउटा गम्भिर घटनालाई राजनीतिक रंगदिएर दोस्रो निर्मला काण्ड बनाउने कोशिस भएको छ । १५ वर्षीया बालिका बलात्कृत भएको घटनालाई सामसुम पार्न नेताहरु जुटेका छन् । आफूलाई सत्ताधारी र ठूला दल भन्नेहरु नै यो घटना सामसुम पारेर पीडितलाई थप पीडा दिन लागि परेका छन् ।

ती बालीकालाई बलात्कार गरेको आरोपमा नीलकण्ठ नगरपालिका– ४ का ३३ वर्षीय पुर्णबहादुर श्रेष्ठ पक्राउ परेपछि केही नेताको निदहराम भएको छ ।

धादिङ्गवेशी बजारमै रहेको निलकण्ठ सप्लायर्सका व्यापारी समेत रहेका उनलाई हिजो अर्थात बुधबार प्रहरीले पक्राउ गरेको हो ।

 

श्रेष्ठले बालिकालाई हिजो विहानै अध्यारोमा नीलकण्ठ नगरपालिका–८ जंगल क्षेत्रमा र र सिद्धलेक गाउँपालिका –६ मा कच्ची सडकमा बलात्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा पेश गरिएको जाहेरीमा उल्लेख छ ।
आरोपित श्रेष्ठ विरुद्ध भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता गरि जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २० गते धादिङ अस्पतालमा भएको हो ।

आरोपित धादिङबेसि बजारका निलकण्ठ सप्लायर्सका संचालक विनोद कुमार श्रेष्ठका छोरा हुन् । श्रेष्ठको कांग्रेस नेताहरुसँग हिमचिम छ । उनलाई धादिङमा धनाड्य व्यक्तिको रुपमा समेत हेरिन्छ । यो घटनालाई गुपचुप मिलाउन र बलात्कार अभियोगमा पक्राउ परेका श्रेष्ठलाई छुटाउन वडा नम्बर ३ को कार्यालयमा समेत कांग्रेस उच्च नेताको छलफल भएको स्रोतको भनाई छ । उक्त छलफलमा कांग्रेस सभापति समेत पुगेको स्रोत बताउँछ ।

प्रहरीले अभियुक्त सार्वजनिक गर्न किन चाहेन

नेपाल प्रहरीले सामान्य चोरीका घटनामा संलग्न अभियुक्तको फोटो समेत सामाजिक सञ्जाल र प्रहरीको आधिकारीक फेसबुक पेजबाट सार्वजनिक गर्ने गरेको छ । तर, धादिङमा भएको यति ठूलो बलात्कार घटना सार्वजनिक भएको छैन । जिल्ला प्रहरी कार्यालयको आधिकारीक पेजमा समेत अभियुक्तबारे कुनै जानकारी छैन । अभियुक्त सार्वजनिक हुँदा प्रहरी प्रमुख गौतम मिश्रको समेत सरुवा हुन सक्ने खतरा भएका कारण लुकाईएको आरोप छ । अभियुक्त श्रेष्ठले भने आफ्नो वास्तविक नाम समेत लुकाएर समाजमा हिँड्ने गरेका थिए । वास्तविक नाम पुर्ण बहादुर भएपनि उनलाई समाजमा अर्कै नामले चिनिन्थ्यो । उनले सामाजिक सञ्जाल समेत वास्तविक नामले नचलाएको दियोपोस्टलाई सुचना प्राप्त भएको छ ।

 

सिफारिस