छुट्टाछुट्टै ठाउँमा लावारिस अवस्थामा ४ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित लिप्पो खोलामा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँस्थित छेक्याम बस्ने ४० वर्षीय सुजन राई रहेका छन् ।

यसैगरी पर्साको ठोरी गाउँपालिका–४ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा जिल्लाको जगरनाथपुर गाउँपालिका–१ बस्ने ४० वर्षीय लाल मोहम्मद मिया रहेका छन् । उनी सोही ठाउँस्थित उखु बारीमा सोमबार मृत अवस्थमा फेला परेका हुन् ।

साथै झापाको कचनकवल गाउँपालिका–१ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मुत्यु हुनेमा भारत किसनगंज मथुरा ग्राम पन्चायत–४ बिहार बस्ने ५५ वर्षीय जगदिश गणेश रहेका छन् । उनी सोही ठाउँस्थित पिण्डलबारी नेपाल भारत दशगजास्थित धानखेतमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी झापाकै गौरीगंज गाउँपालिका–६ मा लावारिस अवस्था एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही गाउँपालिका तिनटोलिया बस्ने ५२ वर्षीया शान्ति देवी महतो रहेकी छिन् । उनी सोही ठाउँस्थित बाटोमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।