ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नंम्बर १० का वडाध्यक्षविरुद्ध जवरजस्ती करणीको जाहेरी दर्ता भएको छ । वडाध्यक्ष छवि रमण धमलाले स्थानीय एक महिलालाई करणी गरेको भन्दै ति महिलााका आफन्तले गत शुक्रबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दिएका हुन् । जाहेरी दिने तयारी गर्दा अध्यक्ष धमलाले ति महिलालाई विभिन्न खालका प्रलोभन देखाएर रोक्न खोजेको पीडित पक्षको भनाई छ । पिडित महिलाका श्रीमान रोजगारीका लागि विदेश रहेका तर उनी सो घटना पछि स्वदेश फर्किसकेका छन् ।
यता वडाध्क्ष धमला भने यतिबेला सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी बालिस्टर सिंहका अनुसार धमलाको खोजी कार्य जारी छ । धमला गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।