डाक्टर कुट्न आदेश दिने कास्की प्रहरी प्रमुख मोहन थापालाई उन्मुक्ति, ईन्सपेक्टरलाई कारबाही !

दियो पोस्ट  

काठमाडौं । मणिपाल शिक्षण अस्पतालको चिकित्सकमाथि आक्रमणको घटनामा कास्की प्रहरी प्रमुख मोहन थापालाई उन्मुक्ति दिइएको पाइएको छ ।

यो प्रकरणमा प्रहरी प्रधान कार्यालयले दुई प्रहरी अधिकृतलाई सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशी र प्रहरी निरीक्षक (इन्स्पेन्टर) मदन श्रेष्ठको सरुवा भएको छ । श्रेष्ठलाई निलम्बन समेत गरेको छ । तर घटनास्थलको प्रत्यक्ष कमाण्डमा एसपी थापा आफै भएको खुलेको छ ।

 

‘श्रेष्ठको उपत्यका प्रहरी गण २ नम्बरमा र प्रहरी नायब उपरीक्षक जोशीको प्रहरी प्रधान कार्यालमा सरुवा भएको छ। आन्दोलनरत चिकित्सकलाई कुटे भनी अभिव्यक्ति दिएको कारण श्रेष्ठको सरुवा भएको हुनसक्छ । तर जोशीको सरुवाको कारण थाहा छैन्,’ भन्दै उनले केही संचार माध्यमलाई बाइट दिएका थिए ।

इन्स्पेन्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हानेँ भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो । जिल्लामा हुने हरेक घटनामा एसपीको आदेश महत्वपूर्ण हुन्छ । थापाकै आदेशमा डाक्टरमाथि कुटपीट भएको समेत स्रोतको दाबी छ । तर, उनलाई उन्मुक्ति दिएर निर्दोष प्रहरीलाई मात्रै कारबाहीको दायरामा ल्याइएको छ ।

तर, यो घटनामा निर्दोष प्रहरी अधिकारीमाथि कारबाही गरिएको पाइएको छ । कास्कीका एसपी थापाले कमाण्ड सम्हालेको भएपनि उनलाई उन्मुक्ति दिएर डिएसपी र ईन्स्पेक्टरलाई बलिको बोको बनाइएको छ । थापाले दिएको बयानलाई नै आधार मान्ने हो भने डिएसपी वेदराज जोशीलाई किन सरुवा गरियो भन्ने उनलाई समेत जानकारी छैन । तर, गृहमन्त्रालयले उनको ठाउँमा स्याङ्ग्जाबाट डिएसपी राजेन्द्र श्रेष्ठलाई ल्याउन सिफारिस गरेको छ ।

प्रहरीमा कमाण्ड कन्ट्रोल र कम्युनिकेशनको अर्थ हुन्छ । जिल्लाका यस्ता घटनाहरुमा एसपीकै भूमिका महत्वपूर्ण हुन्छ । यो घटनामा पनि कास्की प्रहरी प्रमुख थापा आफै प्रत्यक्ष संलग्न रहेको स्रोतको भनाई छ ।

एसपी थापा भन्छन्,‘निरिक्षणका लागि र वार्ताका लागि गएका हौँ’

कास्की प्रहरी प्रमुख मोहन थापा आफूहरु वार्ताका लागि र निरिक्षणका लागि गएको बताउँछन् । ‘एआइजी सापको निरिक्षण चलेको थियो । हामी घटनाभएपछि वार्तामा गएका हौँ,’ उनले भने । उनले आफ्नो बचाउ गरेपनि जिल्लामा प्रमुखको आदेश विना प्रहरीले कुनै पनि कदम अघि सार्दैन ।