डाक्टर कुट्ने इन्स्पेक्टरलाई कास्कीका एसपी थापाले ‘वेल डन’ भन्दै डिनर दिएको खुलाशा !

दियो पोस्ट  

काठमाडौं । मणिपाल शिक्षण अस्पतालको चिकित्सकमाथि आक्रमणको घटनामा कास्की प्रहरी प्रमुख मोहन थापाको समेत संलग्नता पुष्टि हुँदै गएको छ । तर, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख बुद्धिराज गुरुङको सिफारिसमा निर्दोष डिएसपी बेद प्रकास जोशीलाई बलिको बोको बनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशी र प्रहरी निरीक्षक (इन्स्पेन्टर) मदन श्रेष्ठको सरुवा भएको छ । श्रेष्ठलाई निलम्बन समेत गरेको छ । तर घटनास्थलको प्रत्यक्ष कमाण्डमा एसपी थापा आफै भएको खुलेको छ । उनी फिल्डमै रहेको बेला यस्तो घटना भएको र सोही राती एसपी थापाले इन्स्पेक्टर श्रेष्ठलाई वेलडन भन्दै डिनर पाटी समेत दिएको स्रोतको दाबी छ ।

घटनास्थल मणिपाल शिक्षण अस्पताल डिएसपी जोशीको क्षेत्राधिकार भित्र नपर्ने भएपनि एसपी थापाले उनलाई जबरजस्ती त्यहाँ खटाएको समेत स्रोतले बताएको छ ।

इन्स्पेन्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हानेँ भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो । जिल्लामा हुने हरेक घटनामा एसपीको आदेश महत्वपूर्ण हुन्छ । थापाकै आदेशमा डाक्टरमाथि कुटपीट भएको यसअघि नै दियोपोस्टले खबर लेखेको थियो । कास्कीका एसपी थापा र गृहमन्त्रालयकै केही उच्च अधिकारीले वडा प्रहरी कार्यालयमा पक्राउ परेका केही अभियुक्तलाई छुटाउन चर्को दबाव दिएको र सो दबाव अवज्ञा गरेको रिस समेत अहिले पोखिएको स्रोत बताउँछ ।

‘उहाँमाथि पहिले नै षडयन्त्र भएको थियो । गृहमन्त्रालयकै अधिकारीहरुले हतियार सहित पक्राउ परेका गाडी छुटाउन पटक पटक दबाव दिएका थिए । केही व्यावसायीले नै डिएसपी जोशी सरुवाको अभ्यास गरिरहेका थिए,’ स्रोतले भन्यो,‘घटना लगत्तै डिएसपी जोशी हेडक्वार्टर तानियो । यो सन्देहस्पद छ ।’

उनको सरुवाका लागि अवकासको मुखमा रहेका डिआइजी बुद्धिराज गुरुङले समेत भूमिका खेलेका थिए । डिआइजी गुरुङले अवकासको मुखमा विभिन्न व्यापारीबाट करोडौँ असुली गरिरहेका छन् । उनकै सिफारिसमा डिएसपी जोशी हेक्वार्टर तानिएको स्रोत बताउँछ ।

कास्की प्रहरी प्रमुख मोहन थापा आफूहरु वार्ताका लागि र निरिक्षणका लागि गएको बताउँछन् । ‘एआइजी सापको निरिक्षण चलेको थियो । हामी घटनाभएपछि वार्तामा गएका हौँ,’ उनले भने । उनले आफ्नो बचाउ गरेपनि जिल्लामा प्रमुखको आदेश विना प्रहरीले कुनै पनि कदम अघि सार्दैन ।

डिआइजी गुरुङ भन्छन्,‘एसपी साप पछि पुग्नु भएको हो’

यता गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी बुद्धिराज गुरुङ भने एसपी थापाको बचाउमा उत्रिए । ‘अहिले कारबाही भन्दा पनि फिल्डमा खटिनेहरुको के कस्तो कमजोरी भयो भनेर छानबीनका लागि तानिएको अवस्था हो,’ गुरुङले भने,‘एसपी साप घटनापछि पुग्नु भएको हो । नेपाल प्रहरीमा जो जहाँ पनि खटिन सक्छ ।’

TATA ADD