१७ अर्ब सहकारी ठगी आरोपी जिबि राईले टोले गुण्डा भोटे मार्फत अवैध धन्दा चलाएको खुलाशा

दियो पोस्ट  

पोखरा । सहकारीको आवरणमा सर्वसाधरणबाट १७ अर्बभन्दा बढी ठगी गरेको आरोपमा फरार भएका ग्यालेक्सी टेलिभिजन र नेचर हर्ब्स नामक कम्पनिका मालिक गितेन्द्र बाबु राईले ठगीको रकम गुण्डा नाइकेमाथि लगानी गरेको खुलाशा भएको छ । पोखराबाट प्रकाशित डन न्युज डटकमले यो खुलाशा गरेको हो ।
प्रकाशित समाचार अनुसार शिवजी गुरुङ्ग भनिने महेन्द्रे भोटेको अपराध यात्रामा समेत राईले लगानी गरेका छन् ।

दिन दुईगुना र रात चौगुना नवधनाढ्य बन्दैं गईरहेको देखिने अपराधिक पृष्ठभूमिबाट उदाएका टोले गुन्डा महेन्द्रे भोटेको वास्तविकता भने अर्को छ । यिनले जुन जुन क्षेत्रमा लगानी गरेको भनिएको छ, त्यसमा सहकारीको अर्बौं ठगि फरार हुने जीबी राई समूहको मात्र लगानी नभई अन्य तस्कर, माफिया र भ्रष्ट गिरोहको लगानी रहेको खबरमा उल्लेख छ ।

कास्कीको मादी गाउँपालिकाबाट पोखरामा आएर सामान्य टोले गुन्डागर्दीमा सक्रिय रहेका भोटेको एलजी समूहलाई पत्रकारिता र राजनीतिमा रहेका केही तस्करहरुको समूहले प्रयोग गर्दै आईरहेको समाचारमा उल्लेख छ । आज भन्दा करिब ९ वर्ष अघिसम्म कांग्रेससँग आवद्ध लमजुङका ललित गुरुङ र महेन्द्र भोटे नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका टोले गुन्डा थिए ।

तर केही पत्रकार, नेता र प्रहरीको सहयोगमा टोले गुन्डालाई यसरी प्रयोग गरियो कि उनले पनि राजनीतिक आवरणमा आफ्ना गलत धन्दाहरुलाई झनै चर्काउँदैं लगे । नेकपा एमालेका नेता राजीव पहारी र स्वर्गीय नेता रवीन्द्र अधिकारीको समूहले टोले गुन्डा भोटेलाई नेकपा एमाले प्रवेश मात्र गराएनन्, लेकसाईडमा व्यवसायिक रुपमा स्थापित गराउन अदालतको समेत प्रयोग गरे । अरुले ११ बजे सटर बन्द गर्ने बेलामा यो गिरोहले भने रातभरि ओजन डिस्को सञ्चालन गर्ने गर्दथे ।

लेकसाईडमा ओजन डिस्को खोलेर व्यवसायमा हात हालेका टोले गुन्डा महेन्द्र भोटेको समूहले तत्कालिन एसपी हरि पालको पालामा प्रहरीलाई निर्घात कुटपिट गरेका थिए । विस्तारै राजनीतिमा प्रवेश गरेका भोटेले पोखरामा रहेका अन्य तस्कर र भ्रष्टहरुलाई प्रयोग गर्न थाले । राजनीतिक हिसाबले स्वर्गीय रवीन्द्र अधिकारी समूहको लगानीले व्यापार विस्तार गर्दै लगिरहेका महेन्द्र भोटेले सहकारीमाथिको रकममा पनि गिद्दे नजर लगाउन पुगे । जीबी राई समूहले पनि ठगि धन्दामा टोले गुन्डाको प्रयोग गर्न पाएपछि दुवैको स्वार्थ मिल्न पुग्यो र ठगि धन्दा झनैं मौलाउँदैं जान थाल्यो ।

विश्व शान्ति स्तुपा नजिक र पोखराका धेरै ठाउँहरुमा टोले गुन्डा महेन्द्र भोटे र उनका धर्म दाइ भनेर चिनिने पत्रकार रामकृष्ण ज्ञवालीका नाममा घरघडेरी समेत किनिएको छ । जसको मूख्य आर्थिक स्रोत नैं जीबी समूहले देशभरिका विभिन्न सहकारीबाट लुटेको पैसा रहेको स्रोतलाई उदृत गर्दै डनन्युजले लेखेको छ ।

राई समुहले पोखराको सभागृहमा सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रा.लि.को पहिलो कार्यालय खोलेर सहकारीको नाममा ठगि धन्दा सञ्चालन गरेका थिए । यही गिरोहसँग मिलेर भोटेले थप आर्थिक चलखेल शुरु गरेका थिए । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका गितेन्द्र राई (जीबी)सँग मिलेर भोटेले सहकारीको रकमले डिस्कोबार, रेष्टुरेण्ट, जग्गा हुँदैं पाँच तारे होटलसम्म लगानी गरेका छन् । सहकारीबाट ठगिएको रकमबाट पोखरामा साहसिक खेलका नाममा केही पत्रकारको आवरणमा जीबी राईले लगानी गरेका छन् । जसको खोजी प्रहरीले चाँडो भन्दा चाँडो गर्ने हो भने सहकारी बचतकर्ताको केही रकम फिर्ता आउने सूर्यदर्शन सहकारी कैं कर्मचारीहरु बताउँछन् ।

 

केही महिना अघि पोखराका केही पत्रकार, व्यवसायीसँगैं विदेशमा आफ्नो पाँच तारे होटल सेदी लक्जरी होटलको प्रचारप्रसारमा जुटेका महेन्द्र भोटेको यो भन्दा आम्दानीको अन्य स्रोत केही पनि छैन । पोखरामा गुन्डागर्दी, राजनीति र केही पत्रकारहरुसँगको साँठगाँठको कारण महेन्द्र भोटेको गतिविधिप्रति कसैले प्रश्न समेत उठाउन सकेनन् र सकेका छैनन् पनि । तर जीबी राई समूह फरार भएपछि आत्तिएका महेन्द्र भोटे र उनको समूह ढिलो चाँडो प्रहरीको अनुसन्धानको घेराभित्र पर्ने निश्चित छ ।

जीबी राई नैं फरार भएपछि टोले गुन्डा महेन्द्र भोटेले पछिल्लो समय नेपाल कैं सबैभन्दा ठूलो नाईट क्लब पोखरामा खोल्ने भन्दैं शुरु गरेको काम पनि रोकिएको छ ।

पछिल्लो समय, स्वर्गीय रवीन्द्र अधिकारी, सरकारी सुन तस्करीमा मुछिएका झलकराम अधिकारीदेखिको कालोधन महेन्द्र भोटेले यसरी प्रयोग गर्दै गए कि उनले १० वर्षको समयमा आफूलाई टोले गुन्डाबाट व्यवसायी हुँदैं गाउँपालिकाको अध्यक्षमा समेत प्रस्तुत प्रस्तुत गर्दै चुनावी मैदानमा होमिए । मादी गाउँपालिकाको अध्यक्षका रुपमा नेकपा एमालेबाट चुनाव लडेका महेन्द्र भोटेलाई स्थानीय जनताले पराजित मात्र गरेनन् कि गुन्डागर्दी र कालोधनको आडमा मौंलाईरहेको गलत गतिविधिलाई पनि अस्विकार गरिदिए ।

१६ अर्बभन्दा बढी सहकारीको बचत रकम हिनामिना गरेका पोखराका जीबी राई समूहको सबैभन्दा नजिकका साझेदार रहेका महेन्द्र भोटेलाई प्रहरीले आजसम्म पनि राजनीतिक दवावका कारण पक्राउ गर्न सकिरहेको छैन । ‘सहकारीको आधाभन्दा बढि रकम महेन्द्र भोटेले अवैध रुपमा चलाई रहेका छन् । तर उनको गुन्डागर्दी पृष्ठभूमि र राजनीतिक पहुँचका कारण कोही बोल्न सकिरहेका छैनन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने हो भने सबै कुरा खुल्छ । कि प्रहरीलाई माथिबाट दवाव आएको हुनुपर्छ, कि त प्रहरीले पनि पैसा खाएको हुनुपर्छ,’ स्रोतलाई उदृत गर्दै उक्त अनलाइनले खबर लेखेको छ ।

भोटेले ओजन डिस्को, ट्रेजर लाउञ्च एण्ड बार हुँदैं यतिबेला हिडन क्याम्प नामको रिसोर्ट चलाएका छन् । यो समूहले सहकारीको पैसा रात्रिकालिन व्यवसायमा मात्र होइन, जग्गामा समेत लगानी गरेको छ । विश्व शान्ति स्तुपा नजिक र पोखराका धेरै ठाउँहरुमा टोले गुन्डा महेन्द्र भोटे र उनका धर्म दाइ भनेर चिनिने पत्रकार रामकृष्ण ज्ञवालीका नाममा घरघडेरी समेत किनिएको छ । जसको मूख्य आर्थिक स्रोत नैं जीबी समूहले देशभरिका विभिन्न सहकारीबाट लुटेका धन नैं हो ।

सूर्यदर्शन सहकारीका एक वचतकर्ताले डन न्यूजसँग भने–‘जीबी राईको समूहले टोले गुन्डा महेन्द्र भोटे र पत्रकार रामकृष्ण ज्ञवाली लगायतका नाममा विश्व शान्ति स्तुपा नजिक पनि जग्गाहरु किनिदिएको हामीले पत्ता लगाएका छौं । प्रहरीले यस बारेमा चासो दिनुपर्यो । सम्बन्धित निकायहरुको ध्यानाकर्षण होस् । हाम्रो पैसा यसरी ठगेर खान पाईदैंन । जो सुकै होस्, कारवाहीको दायरामा ल्याउनै पर्छ ।’

उनले पछिल्लो समय नेपाल कैं सबैभन्दा ठूलो नाईट क्लब पोखरामा खोल्ने काम शुरु गरेका थिए । जीबी राई समूह फरार भएपछि यो काम भने रोकिएको छ । समय छँदैं नेपाल प्रहरीले नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघमा सक्रिय रहेका महेन्द्र भोटेलाई पक्राउ गरी यस सम्बन्धमा अनुसन्धान गर्न आवश्यक देखिन्छ ।

जीबी राई समूहको भित्री लगानीमा पोखराको पर्यटकीय क्षेत्र लेकसाईडमा खोलिएको ट्रेजर लाउन्ज बार । यो रात्रिकालिन डिस्को पनि टोले गुन्डा महेन्द्र भोटेको नाममा सञ्चालनमा ल्याइएको हो ।

जीबी समूहले पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी सञ्चालनमा ल्याएका थिए । यी सबै सहकारीमा बचतकर्ताले रकम फिर्ता पाएका छैनन् । यी सबै सहकारीमा बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम यो समूहले हिनामिना गरेको छ ।

 

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका गितेन्द्र राई (जीबी)को समूह विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले जीबी राई समूहका ७ जना विरुद्ध भदौं २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको थियो । यो समूहले ९ सय ७१ जना बचतकर्ताहरुको १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ रकम हिनामिना गरेका थिए । सो सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

पोखराबाट सहकारी शुरु गर्दै देशका विभिन्न शहरहरुमा पुगेको यो समूहले सहकारीसँगैं मिडिया क्षेत्र, नेटवर्किङ व्यवसाय हुँदैं स्थानीय टोले गुन्डाहरुसँग मिलेर रात्रिकालिन व्यवसाय हुँदै होटल सञ्चालनमा नाममा पनि लगानी गर्दै आईरहेको छ ।

सहकारी ठगि धन्दाका मुख्य नाईके जीबी राई ओखलढुंगा, सुनकोशी गाउँपालिका वडा नं १, साँदी गाउँका सामान्य किसान परिवारका सदस्य हुन् । २०६० सालसम्म यिनको परिवारको आर्थिक पार्जनको कृषि वाहेक अर्को विकल्प थिएन । पछि पोखरामा टोले गुन्डा महेन्द्र भोटेसहितको पत्रकारको टोलीसँग मिलेर यो समूहले अर्बौं रुपैयाँ सहकारीको ठगि गरेको थियो । महेन्द्र भोटे लगायतको टिमको विषयमा नेपाल प्रहरीले तत्काल छानबिन गरी सहकारीको हिनामिना भएको रकमको सुरक्षा गर्नुपर्ने खाँचो टड्कारो देखिएको पोखरावासीहरु बताउँछन् ।

 

जीबी राई समूहले खोलेको ग्यालेक्सी फोर के टेलिभिजनको उद्घाटनका क्रममा । जीबी राई समूहसँग रवी लामिछानेको संलग्नता देखिए पछि शुरुमा नै यस कुराको विरोध भएको थियो । जुन पछि आएर सत्य सावित भयो । र, अन्त्यमा रवी लामिछानेको टिमले टेलिभिजन छोड्न बाध्य भयो ।