
काठमाडौँ । जेनजी युवाहरुको आन्दोलनका क्रममा चितवनस्थित भरतपुर महानगरपलिकाका मेयर रेणु दाहालको घर जलाउने एक व्यक्तिको पहिचान खुलेको छ । दाहालको घर जलाउने व्यक्ति चितवनस्थित नेपाली कांग्रेस निकट नेबिसंघका नेता सागर सुबेदी हुन् ।
बिभिन्न फोटो र भिडियोका आधारमा सुबेदीको पहिचान खुलेको हो । सुबेदीले भदौ २४ गते रेणु दाहालको घरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । आगो लगाउने अन्यको भने पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ ।
सुबेदीले सोही दिन पत्रकार सन्तोष देउजाको घरमा समेत पेट्रोल छर्केर आगो लगाएका थिए । अभियुक्त सुबेदीले चितवन जिल्लामा जग्गा दलालीको काम समेत गर्दै आएका थिए ।
सुबेदी प्रहरीको खोजी सुचीमा छन्।