भुकम्प पीडितलाई चिनले पाँच हजार थान त्रिपाल उपलब्ध गराउने

दियो पोस्ट  

काठमाडौँ, भदौ २३ । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार बालुवाटारमा प्रधानमन्त्रीसंग भेटवार्ता गरेका छन् ।

भेटमा दुईदेशबिचको सम्वन्ध तथा आर्थिक सहयोगको विषयमा छलफल भएको बताइएको छ ।

नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएर वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।

वाङ यी र नेपाली समकक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक संस्थामा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो।